लक्षित वर्गको पहुँच बढाउन अभियान

दैलेख चैत्र २० (ध.स.)
नारायण नगर पालिका र गाउँ बिकास समिति मार्फत संचालन हुुने विकास निर्माणका योजना तथा कार्यक्रमहरुमा गुणस्तरीयता कायम गर्न र नागरिकहरुको निगरानी बढाउनको लागि अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।
स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजना दैलेखको सहयोगमा संचालित गोष्ठीमा  स्थानीय श्रोत परिचालन तथा व्यवस्थापन कार्य विधि २०६९ अनुसार लक्षित वर्गमा विनियोजन भएको रकम सोही क्षेत्रमा खर्च गर्नका निमित्त नागरिकहरुले प्रभावकारी भुमिका खेल्न र अन्य विषयहरुमा सहजिकरण गरिएको थियो ।
गोष्ठीमा राजनीतिक दलका प्रमुखहरु, वडा नागरिक मञ्चका उपसंयोजकहरु, नागरिक सचेतना केन्द्र का  सम्पूर्ण पदाधिकारीहरु, स्थानीय बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो । उपभोक्ताले योजनाको सार्वजनिक परिक्षण गरेको खण्डमा, निर्माण भैरहेका योजनाको विवरण सम्बन्धि सुचना पाटी योजना स्थलमा टाँस गरेको खण्डमा, सूचनाको हक सम्बन्धि जानकारी पाएमा र भ्रष्टचार न्यूनिकरणमा आफनो भुमिका बुझे मात्र टाँठाबाँठाको पहुँचमा न्यूनिकरण भई प्रभावकारी रुपमा लक्षित वर्गले योजनाको प्रतिफल पाउन सक्ने कुरामा जोड दिइएको थियो ।
वडानागरिक मञ्चका उप संयोजक मन कुमारी थापा को अध्यक्षतामा सम्पन्न गोष्ठिको सहजीकरण स्थानीय सरकारको जवाफदेहिता अभिवृदि परियोजनाका अभियान कर्ता कमला भण्डारी ले गरेकी थिईन भने कार्यक्रमको संचालन सामाजिक परिचालक कृष्णा रेग्मीले गरेको सामुदायिक स्वयंसेवक भिमा रजाली ले जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार