बैशाखभित्र दोस्रो तला सक्ने

धमाका संवाददाता
दैलेख बैशाख ६ ।
दैलेख उद्योग बाणिज्य संघले बैशाखभित्र दोस्रो तला भवन निर्माण सम्पन्न गर्ने जानकारी दिएको छ ।
उद्योग बाणिज्य संघको बैठकले गरेको निर्णय अनुसार हालसम्म भवन निर्माणका लागि सहयोग गर्ने सम्पूर्ण उद्योगी व्यापारी लगायत अन्य निकायहरुबाट गरिएका सहयोगहरुको नाम सिलालेखमा उल्लेख गर्ने जानकारी दिएको छ । भवन निर्माण सँगै दैलेखको पर्यटन बिकासका लागि काठमाण्डौंमा फोटो प्रदशनी कार्य सम्पन्न गरिएको भएपनि सभासद, जिल्ला बिकास समिति र नारायण नगरपालिकाले निर्णय गरेर रकम नदिएको प्रति दैलेख उद्योग बाणिज्य संघले दुःख व्यक्त गरेको छ । दैलेखमा पर्यटन क्षेत्रको बिकासका लागि राज्यका निकायहरुले गर्न नसकेको काम दैलेख उद्योग बाणिज्य संघले गर्दा समेत सरकारी संयन्त्रबाट सहयोग नभएको दैलेखका अध्यक्ष शान्ति शर्माले गुनासो गरेका छन् । जिल्लाका सभासदहरु , जिल्ला बिकास समिति र नारायण नगरपालिकाले सर्बदलिय बैठकमा छुट्टाएको रकम उद्योग बाणिज्य संघलाई नदिनु भनेको आगामी दिनहरुमा उद्योगीहरुबाट समेत सहयोग नपाउने बातावरण सृजना भएको बरिष्ठ उपाध्यक्ष गणेश खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार