भवन चर्केपछि स्थानिय आक्रोशित

धमाका संवाददाता
दैलेख बैशाख ७ ।
गाउँका दुर्गम बस्तिमा  रहेका महिलाहरुलाई सुरक्षित सुत्केरीका लागि लाखौं खर्च गरेर निर्माण गरिएको दैलेखको भावनी गाविसको बर्थिङ्ग सेन्टर निर्माण सम्पन्न भएको तीन बर्ष नपुग्दै चर्कीएको छ ।
सुरक्षित सुत्केरीका लागि आवश्यक पर्ने महत्वपुर्ण सामाग्रीहरु सहित भवन निर्माणका लागि ४९ लाख रुपैयाँ खर्च गरिएको भवनका भित्ताहरु फुटेका छन् । जमिन दबिएका कारण बर्षातमा भवन भत्कन सक्ने खतरा बढेको      छ । भवन भित्र राखिएका लाखौंका उपकरणहरु भवन भत्केपछि काम नलाग्ने हुन सक्ने भन्दै स्थानीयहरु चिन्तित सँगै आक्रोशित बनेका छन् ।
जापान सरकारको आर्थिक सहयोगमा आड्रा नेपाल र       सुरक्षित मातृत्व संजालको सहकार्यमा निर्माण सुरु गरिएको उक्त भवन निर्माणका लागि स्थानीय उपभोक्ता समिति निर्माण सँगै ठेकेदार मार्फत निर्माण सम्पन्न गरिएको  थियो । भवन २०६८ सालमा काम सुरु गरि २०६९ फागुनमा सम्पन्न     गरिएको बताईएको छ ।
४९ लाख खर्च गरेको उक्त भवनमा गाउँ बिकास समिति भवानीले पनि विगत दुई बर्षदेखि लगातार महिला लक्षित रकम खर्च गरिरहेको छ । गत बर्ष १ लाख ९ हजार र यो बर्ष ९५ हजार तारवारका लागि भनेर छुट्टाईएको भएपनि हालसम्म तारवार हुन सकेको छैन् ।
हालसम्म ५१ लाख रकम खर्च गरिएको सुविधासम्पन्न भवन निर्माण गर्दा स्थान उपयुक्त नभएका कारण भिरालो जमिनमा बनाईएकोले जमिन पचेपछि भवन चर्किएको छ । बर्षातको भल भवनको भित्ताहरुमा सजिलै पस्ने देखिएको छ । भवन भत्कने खतरा बढेपछि स्थानीयहरु आक्रोशित देखिएका छन् । सार्वजनिक सुविधाको उक्त भवन निर्माण गर्नका लागि उपभोक्ता समितिका अध्यक्ष लोक बहादुर थापाले २ रोपनी जग्गा दिने भनिएपनि हालसम्म भवन बनेको जग्गा स्वास्थ्या चौकी भवानीको नाममा हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार