५७ घण्टापछि दुई जनाको जीवितै उद्दार

Bhukampa-mirtu-kathmanduकाठमाडौं, १५ वैशाख । महाभूकम्पमा परेका दुई जनालाई नेपाली र भारतीय सेनाको टोलीले ५६ र ५७ घण्टापछि सकुशल उद्दार गरेको छ ।
नेपाली सेनाको युद्धभैरव गणको विशेष फौज र भारतीय सेनाको उद्दार टोलीले भक्तपुर–२ गेलामा च्यापिएकी ३२ बर्षिया चन्द्रेश्वरी मयजुको ५६ घण्टापछि जिवितै उद्दार गरेको छ ।
बालुजास्थित लालीगुँरास गेष्ट हाउसमा च्यापिएकी सुनमाया श्रेष्ठको ५७ घण्टापछि जिवितै उद्दार गरेको युद्धभैरभ गणका निमित्त गणपति सेनानी डम्बर बहादुर आलेमगरले बताउनुभयो ।
उहाँले भूकम्पमा परी घाइते भएका दुवैलाई प्राथमिक उपचारपछि थप उपचारका लागि अस्पताल पठाइएको बताउनुभयो । सेनाको थप प्रयासपछि उनीहरुलाई जिवितै उद्दार गर्न सकिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार