विस्थापित हुँदै व्यापारीहरु, अफ्ठेरो बन्दै सामुहिक क्रण

धमाका संवाददाता
दैलेख जेष्ठ ८ ।
जिल्लामा केही बर्ष यता निजी बैकहरुको उपस्थिती बाक्लो देखिएको छ । निजी बैकहरुको उपस्थितीसँगै लगानी नभएर विभिन्न समस्यामा पर्दै आएका व्यापारीहरुलाई धेरै राहत महसुस भएको छ । विगतमा ३ देखि ५ प्रतिशत सम्म चर्को ऋण लिएर व्यापार व्यावसय गर्नुपर्ने बाध्यता हटेको छ । अँझै पनि त्यस्ता व्याजे ऋणमा फसेका व्यापारीहरु विस्थापित हुनुपर्ने अवस्थामा पुगेका छन् ।
लगानीका क्षेत्र बिस्तार हुने क्रममा रहेको दैलेखको व्यपार व्यवसाय पछिल्ला दिनहरुमा घट्दै गएपछि सदरमुकाममा व्यवसाय गर्ने व्यवसायिहरु समेत अफ्ठेरोमा पर्दै गएका छन् ।
पाँच बर्ष अघि दैलेख सदरमुकाममा हुने व्यपार सँम्झँदै एक व्यापारीले भने त्यसबेला दैनिक ५ लाख सम्म बिक्रि हुन्थ्यो आजभोली निकै समस्या उत्पन्न हुँदै गएको छ । व्यापार व्यवसाय घट्दै गएकोप्रति उद्योग बाणिज्य संघ दैलेखले समेत चिन्ता व्यक्त गरेको छ ।
कछुवाको तालमा सुरु भएको दैलेखको ग्रामिण पहुँच तेस्रो चरणको सडक निर्माणका बारेमा उद्योग बाणिज्य संघले बिरोध सुरु गरेको समेत ३ बर्ष पुगिसकेको छ तर हालसम्म सम्बन्धित निकायहरुले ठोस कदम चाल्न सकेका छैनन् । करिव ३० करोड बढी रकम ग्रामिण पहुँच कार्यक्रमले दैलेख महावु हुँदै जुम्ला जोड्ने सडक लगायतमा खर्च गरिसकेको छ ।         मुख्य गरि दैलेख हुँदै महावु जुम्ला जोड्ने सडक निर्माणलाई हेलचक्राई गरिएको दैलेखका   व्यापारीहरुको गुनासो छ । महावु सडक सहज रुपमा संचालनमा आएको भए सदरमुकाम दैलेख बजार मात्र हैन् पुरै जिल्लाभरको व्यापार व्यवसायमा त्यसले मद्धत पुग्ने व्यापारीहरु बताउँछन् ।
जुम्ला र कालिकोटको मुख्य व्यापारिक केन्द्र रहेको दैलेखमा अहिले पाँच बर्ष यता त्यस क्षेत्रको कुनै पनि व्यपार व्यवासाय भएको छैन् । हाल स्थानीय बजारका रुपमा मात्र सदरमुकामको व्यापार व्यावसाय भएपछि चर्को व्याज तिरेर व्यवसाय गर्न बाध्य भएका व्यपारिहरु समेत विस्थापित हुनु पर्ने अवस्था सृजना भएको छ । विगत ६ महिना यता मात्रै सदरमुकामबाट १ दर्जन बढि व्यापारीहरु विस्थापित भैसकेका छन् ।
व्यापारीहरु विस्थापित भएपछि ठूलो लगानी गरेका बैकहरु मात्र हैन् साना र समूहमा लगानी गरेका साना बैकमा बसेका महिलाहरुको समूह समेत अफ्ठेरोमा पर्दै आएको छ ।
आफ्नो लगानी सुरक्षीत राख्न साना देखि ठूला बैकहरुले महिला समुहमा गरेको लगानीमा समेत कुनै महिला भागेमा अन्य समुहका सदस्यहरुले उक्त ऋण तीर्नुपर्ने बाध्यकारी अभियान बैकले थालेपछि सोझा महिलाहरु समेत समस्या पर्दै गएको बताए ।
आफ्नो ऋण त छँदै छ समुहको कोही साथिले बदमासी गर्र्यो भने रकम सबैले तिर्नुपर्ने समस्याले समुह बिग्रेको खण्डमा ४ प्रतिशत बढी रकम पर्ने भएपछि समुह छोड्ने तयारीमा रहेको एक सदस्यले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार