राउटेलाई चामलै प्यारो

धमाका संवाददाता
दैलेख जेष्ठ २१ ।
राउटे वालवालिकाको आवश्यकता पहिचान गर्न सेभ द चिल्ड्रेनको टोलि राउटे बस्तिमा पुग्दा राउटे समुदायले आफुहरुलाई चामलको आवश्यकता परेको बताएका छन् ।
दैलेख जिल्लाको लयाँटि विन्दासैनी गाविसको वडा नं. १    रामघाट खोला र सिगौडी गाविसको वडा नं. ५ को सिने खोलामा वस्दै आएका राउटे मुखिया र वालवालिकासंग छलफल गरि आवश्यकता पहिचान गर्ने उद्देश्य अनुसार संयोजक आत्माराम भट्टराइ सहितको टोली राउटे बस्तिमा पुगेको   थियो ।
राउटे मुखियाले वालवालिकाले खान नपाएकोले चामल दिनु पर्ने वताउँदै पाल, चप्पल, काईयो, औषधी, नङकट र वच्चाहरुलाई नसिलाएको कपडा माग गरेका छन् । राउटे बालबालिका मात्र हैन समुदायका कुनै पनि व्यक्तिहरु लेखपढ गर्न रुचाउँदैनन् ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा संचालित एकिकृत  परियोजना अन्तरगत छुट्टा दुट्टै दुई स्थानमा बसेका  आएका राउटे वालवालिकालाई चिउरा, दालमोट, नङकट, काईयो लगायतका सामाग्री वितरण गरेको अध्यक्ष  हिरासिंह थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार