मध्यपहाडी राजमार्ग बहाना कि चाहाना

समाचार बिश्लेषण
दैलेख जेष्ठ २४  ।
सरकारले पहिलो प्राथमिकतामा राखेको मध्यपहाडी राजमार्गको काममा अवरोध हुँदा दैलेख सदरमुकामले पाउने बिभिन्न अवसरहरु बिगत चार बर्षदेखि प्राप्त हुन सकेका छैनन् । सडक संचालन सँगै हुने विभिन्न अवसरहरुलाई अहिलेसम्म मध्यपहाडी राजमार्गको बिवादले समस्यामा पार्दे आएको छ ।
मध्यपहाडी राजमार्गको निर्माण सँगै दैलेख लगायतका विभिन्न स्थानहरुमा सरकारले साना  शहर बिस्तार गर्ने योजना त छँदै छ । राजमार्ग निर्माणले एउटा पहाडी जिल्लाको सिधा सम्वन्ध अर्को पहाडी जिल्लामा हुने र एउटा जिल्लाका उत्पादनहरु अर्को जिल्लासम्म सहजै पुग्ने राम्रो अवसर समेत यसले प्रदान गर्ने देखिन्छ ।
जिल्ला सदरमुकाम भित्रबाट सडक जाने बिषयलाई लिएर निकै ठूलो बहस र छलफल पश्चात सदरमुकाम भित्रका विभिन्न स्थानहरुको खोजी समेत भएको छ । राजमार्गमा दल बिशेष र व्यक्ति बिशेषका भिन्न भिन्न चाहनाका   कारण पनि अहिलेसम्म सडकले निकाश पाउन सकेको छैन् ।
कसैले सडक ५० मिटर चौडाई हुन्छ र सवै बस्ति विस्थापित हुन्छ भन्दै हल्ला चलाएका छन् त कसैले बिवाद गरेपछि सामान्य बाट बढेर धेरै राहत र क्षतीको रकम पाइन्छ भनेर बिनाकारण अडान लिएका छन् । यो मध्ये केही मात्रै बास्तबीक रुपमा समस्यामा पर्ने देखिन्छन् । कसैको बेकामको बाहन अनि कसैको सडक दैलेख सदरमुकाम भित्रबाट जानै नदिने भित्रि चाहना भएकोले समेत सदरमुकामको निकाश अहिलेसम्म आउन नसकेको हो । महत्वपुर्ण क्षेत्र भित्र,सडकको भू भाग १० मिटर मात्रै कायम गरेर काम सुरु गर्ने निर्णय समेत पछिल्ला दिनहरुमा अन्यौल पर्दै जानु भनेको चाहना नभएकाहरुले  गरेको बहाना बाहेक अरु केही हुन सक्दैन् । मध्यपहाडी पनि सदरमुकाम नछुने र महावु जुम्ला सडकपनि कछुवाको तालमै दौडीने हो भने यहाँका व्     यापारीहरुले समयमै डेरा सार्नुबाहेकको बिकल्प नभएको बिश्लेषण गरिएको पछिल्लो अवस्थालाई कसले मध्यनजर गर्ने हो । बास्तबिक पिडितहरुलाई सम्मान सँगै सडकको निकाशका लागि जिल्ला प्रशासन, राजनीतिक दल, उद्योगी र व्यापारीहरु समयमै नलाग्ने हो भने पछिका दिनहरुमा अरुलाई दोष दिने कुनै ठाउँ नहुने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार