राउटे समुदायलाई खाद्यान्न बितरण

धमाका संवाददाता
दैलेख आसर ४
दैलेख जिल्लाको लकान्द्र गाबिस वडा नः ९ को खामपाटा र तोलीजैसी गाबिसको जंगलमा बस्दै आएका         राउटे समुदायलाई खाद्यान्न बितरण गरिएको छ ।
सेभ द चिल्डे«न द्धारा संचालन भएको एककिृत परियोजना अन्तरगत राउटे समुदायलाई खाद्यान्न सामाग्री तथा लत्ताकपडा बितरण गरिएको छ ।
खाद्यान्न सामाग्री सहित दात माझ्ने बु्रस कागियो, नङकट,एक पोका नुन, १० किलो चामल, एक एक किलो सिमिको दाल, लगायतका सामाग्री बितरण गरिएको सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक उपेन्द्र भण्डारीले जानकारी दिए ।
राउटे बस्तीमा खाद्यान्न संकटपरेको भन्दै राउटे मुखिया डिल बहादुर शाहीले पटक – पटक जानकारी          गराएपछी सामान्य सहयोग गरिएको हो ।
त्यसै गरी राउटे उत्थान प्रतिष्ठानले राउटे समुदायलाई खाध्यान्न  बितरण गरेको छ  प्रतिस्ठानले  प्रतिघर ३० किलो चामल, त्रिपाल एक थान , एक पोका नुन, एक लिटर  तेल, राउटे महिलाहरुका लागि धोती, च्यादर, लगायतका सामाग्री बितरण गरेको राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेबी अधिकारीले जानकारी दिईन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार