दैलेख १२ असार
लगातारको बर्षातले खहरे खोला बढ्दै गएका छन् । खोला किनारमा उर्लिएको बाढीले बगाएर दैलेखको पिलाडी गाविस १ की ५५ बर्षीया महेश्वरी दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । शुक्रवार साँझ छिमेकीको रोपाँई सकेर घर फर्कने क्रममा गर्चा खोलामा आएको बाढीले बगाएको थियो । अन्दाजी ३ किमी टाढा पु¥याएको प्रहरीले जानकारी दिएको छ । उनको शव आज जिल्ला अस्पताल दैलेखमा ल्याईएको छ ।









