धमाका संवाददाता
दैलेख असार २०
पश्चिम उच्च पहाडी गरिवी निवारण आयोजनाले जिल्लाका विभिन्न स्थानहरुमा संचालन गरेका गतिविधिहरुको यो बर्षदेखि सार्वजनिक सुनुवाई सुरु गरेको छ । बिगतका बर्षहरुमा के कति कामहरु भए र यो बर्षदेखि कस्ता कामहरु संचालनमा रहेका छन् भन्ने वारे जिल्लाका २० वटा गाविसहरुमा सार्वजनिक सुनुवाई संचालन सुरु गरिएको आयोजनाले जानकारी दिएको छ । रावतकोट गाबिसमा सञ्चालीत कार्यक्रमहरुको जानकारी दिदै १ सय ४७ घर धुरीमा वितरण गरिएका बाख्रा, सिलाई मेसिन र तरकारी खेति र त्यसबाट जनताहरुले पाएको सुविधा र समस्याहरुका बारेमा बहस गरिएको थियो ।
संस्थाबाट वितरण गर्नुपर्ने उन्नतजातको बोका नपाएको स्थानीयले गुनासो आएपछि तत्काल वितरण गरिने सामाजिक परिचालक रिजालले बताए ।
गाविसका सवै घरधुरीलाई कार्यक्रमले संलग्न नगराएको प्रति स्थानीयले गुनासो गरेका थिए । कार्यक्रममा सहभागी यसोदा थापाले संस्थाका काम प्रभावकारी भएपनि नयाँ प्रविधि, सिप र दक्ष उद्यमी बनाउन थप सहयोग गर्नुपर्ने बताईन् । सुनुवाईको सजिकरण हाम्रो तेस्रोआँखा दैनिकका सहजकर्ता भरत अधिकारीले गरेका थिए । बिभिन्न गैर सरकारी संघ संस्थाहरुले करोडौंको काम संचालन गरेपनि सार्वजनिक सुनुवाई गर्ने प्रचालन अँझै बसेको छैन् ।









