बिदेश गएकाहरु घर फर्कीने क्रम बढ्दै

    धमाका संवाददाता
दैलेख कात्तिक १४ ।
दैलेखका बिभिन्न दुर्गम गाउँमा व्यप्त गरिवीका कारण बिदेशमा काम   गरेर रकम कमाउन घर छोडेर बिदेश गएकाहरु घर फर्किन थालेका छन् ।  गरिवीका कारण बर्षभरी खान नपुग्ने भएपछि दैलेखका विभिन्न दुर्गम गाविसबाट भारत लगायतका अन्य शहरहरुमा गएका मानिसहरु दशै र तिहार मनाउन घरतर्फ फर्केका हुन ।
जिल्लाका पश्चिमी बिकट गाविसहरु        राकम कर्णाली, सिगौडी, पिपलकोट कुसापानी सँगै उत्तरी क्षेत्रका कालिका, द्धारी, नौमूले लगायतका विभिन्न गाविस अहिलेपनि गरिवीले सताउने गरेको छ । भिरालो जमिन, उत्पादन निकै न्यून हुने र गाउँमा रोजगार केहि नभएपछि छाक टार्नकै लागी सवै परिवार लिएर भारत जानुपर्ने बाध्यता दैलेखका कतिपय गाउँमा अहिलेपनि कायमै देखिन्छ । खाना लगायतका समस्या भएपछि घरमा ताला लगाएर बिदेश जार्नुपर्ने बाध्यता समेत गाउँमा रहेको छ ।
अन्न उत्पादनका हिसावले पनि जिल्लाका २० भन्दा बढी गाविसहरुमा न्यून उत्पादन हुने  गर्दछ । दलित समुदाय मात्र नभै अन्य विभिन्न समुदायका अधिकाँसको रोजगारी भारतका विभिन्न सहरहरु हुने गर्दछ । गाउँमा गरिवी निवारणका लागि बिगत पाँचबर्षेदेखि विभिन्न गैर सरकारी संघ संस्थाहरुले थुप्रै कामहरु संचालनमा ल्याएको भएपनि कुनै परिवर्तन देखिएको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार