सिमाङ्कनमा हेरफेर हुदैन -नेपाल

 –धमाका संवाददाता
  दैलेख मंसिर १ ।

SAMSUNG CAMERA PICTURES

  नेकपा एमालेका बरिष्ठ नेता एवं पुर्ब प्रधानमन्त्री माधब कुमार नेपालले तत्काल सिमाङकन हेरफेर नहुने बताएका छन । मधेसले उठाएका जायज मागलाई सम्बोधन गर्न सरकार तयार रहेको भन्दै सबैभन्दा पहिला संविधानलाई सबैले बुझ्ने भाषामा धेरै प्रति छपाएर तराईका हरेक नागरिकहरुलाई दिएको अधिकार बारे बुझाउन आवश्यक रहेको बताएका छन । तराईको समस्या समाधानका लागि जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोक्नुपर्ने कुरालाई सम्बोधन गर्नुपर्ने नेता नेपालको तर्क छ ।
दैलेखको राकम कर्णालीमा बुधवार (आज) हुने सभालाई सम्बोधन गर्न आएका नेपालले दैलेख सदरमुकाममा गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेपालको यस्तो बताएका हुन् ।
भारतले गरेको अघोषित नाकाबन्दीका कारण देश मानबीय संकटमा परेको भन्दै समस्या समधान गर्न सरकारले कुटनितिक पहल सँगै चाईनासँग नाका खोलेर जनजीवन सहज पार्ने काममा तीब्रता दिएको बताए । नाकाबन्दी शुसिल कोईराला नेतृत्वको सरकारको पालादेखि भएकोले तत्कालिन सरकारले यसबारे ठोस कदम चाल्न नसकेको बताउँदै राष्ट्रियता जोगाउन सबै एकजुट हुनुपर्ने बताए ।
भारतले लगाएको नाकाबन्दीले देशमा ग्याँस, पेट्रोल लगायतका अन्य बस्तुहरुको हाहाकार भएको भन्दै    सरकारले दैलेख लगायतका स्थानहरुमा रहेको पेट्रोलियम पदार्थको उख्खनन्मा लाग्नुपर्र्नेमाआफु निकै संवेदनशिल भएको बताएका छन । दैलेखमा सयौं बर्षदेखी ग्याँसबाट आगो बलेको र खेर गएको ग्याँसको प्रयोगका लागि सरकारले तत्काल ठोस नीति अवलम्बन गर्ने बताए ।
भारतले नाका बन्दी गरेको अबस्थामा नेपालको सबै भन्दा सस्तो माथिल्लो कर्णाली जलबिद्युत परियोजनाको बारेमा संचारकर्मीले गरेको प्रश्नको जवाफ दिदै नेपालले, नेपाल र नेपालीहरुको हितमा भएका सवै योजनाहरु छिटो भन्दा छिटो निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।       भारत मात्र हैन अव उर्जा क्षेत्रमा चाईना लगायतका अन्य राष्ट्रहरुको लगानी बढाउनुपर्ने नेपालको तर्क छ ।
नेकपा एमालेले नेपालको संबिधान निर्माणमा मात्र नभै बिगत द्धन्द्धका बेलादेखि एमाओवादी लगायतका शक्तिहरुलाई एकै ठाउँमा ल्याउने देखिका कामहरु गर्दै नेपालको आफ्नो स्वाभिमान बचाउने हरेक कामहरुमा पार्टी नेता र नेतृत्व लागि रहेको बताएका छन् । संविधान जारी गर्न केही दलहरुले खुट्टा कमाएका बेला समेत एमालेले सबैलाई एकताबद्ध गरेर संविधान जारी गर्ने अभियान थालेको नेपालले बताए ।
नेता नेपालले मधेसमा चलेको आन्दोलन लाई कटाक्ष गर्दै जातीय राज्य निर्माण गरेर मुलुक लाई द्धन्द्ध तिर लिने प्रयास कुनै हालतमा सफल नहुने बताए ।
मधेसमा संबिधान प्रति रहेको भ्रमलाई चिर्न संचारमाध्यमको महत्वपुर्ण भुमिका हुने भन्दै त्यसका लागी संचार माध्यमले आफ्नो भुमिका निर्बाह गर्न आग्रह गरेका छन् ।
भ्रमण टोलीमा बरिष्ठ नेता माधब नेपाल , धर्मपत्नी गायत्री नेपाल , पार्टिका पोलीटब्यरो सदस्य यामलाल कडेल , सभासद अमर बहादुर थापा लगायतको टोली रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार