छुट्टीएका राउटे एउटै ठाउमा

   धमाका संवाददाता
  दैलेख मंसिर २ ।

गत बैशाखमा भुकम्प जाँदा छुट्टीएका राउटे समुदाय ६ महिनापछि तिहारको अवसर सँगै एक भएका छन् । दैलेखकै लकान्द्र र तिलेपाटा गाविसमा मुखिया सहित छुट्टीएका राउटे समुदाय ६ महिनापछि एकै ठाउँमा जम्मा हुँदा खुःशि देखिन्थे ।
टिका र जमरा नलगाएपनि दशै, तिहार र माघे संक्रान्तिलाई राउटे समुदायले बिशेष पर्वको रुपमा लिने गर्दछन् । कुल देवतालाई पुजापाठ गर्ने, समुदायका सवै मिलेर खसि पोलेर खाने गर्दछन् ।
अहिले राउटे समुदायहरु दैलेखकै कर्णाली राजमार्ग अन्र्तगत सिंगौडी गाविसको वडा नं. ८ मा धमाधम घर टहराहरु निर्माण गरी बस्न थालेका छन् । चिसो बढेसँगै       राउटे समुदायमा ओड्ने र ओछ्याउने समस्या देखिएको छ । बालबालिका र बृद्धबृद्धाहरुमा झनै समस्या हुने भएपछि   राउटे समुदायका मानिसहरुले कम्बलको आवश्यकता रहेको बताए ।
राउटे महामुखिया महिनबहादुर शाहीले भने “केटाकेटी र आईमाईलाई कपडा चाहिएको छ, ओड्ने कम्मल चाहिएको छ सरकारका मान्छेले व्यवस्था गरिदिए हुनेथियो  ।”
लोपन्मुख जातीको रुपमा रहेका राउटे समुदाय बिशेष गरेर दैलेख जिल्लाका बिभिन्न भू – भागहरु र मध्यपश्चिमका बिभिन्न स्थानहरुमा बसोवास गर्ने गर्दछन् । अहिलेपनि परम्परागत पेशाकै भरमा जीवन निर्वाह गरेका राउटे समुदायहरु परिवर्तन हुने कुरामा बिश्वास राख्दैनन् । आफुले  निर्माण गरेका कोशी, मधुस, वाकस जस्ता सामाग्रीहरु पैसा र अन्नसंग साटेर जीविको पार्जन गर्दै आएका छन् ।
दिनरात छाप्रोमै विताउने      राउटे परिवारहरुका बालवालिका र महिलाहरुले बडिजसो खाम्ची भाषा बोल्दछन । छाप्रो भित्र र बस्ति वरीपरिको काममा महिलाहरु व्यस्त हुने गर्दछन् । पुरुषहरु कन्दमुल, शिकार खोज्न जंगल जाने र निर्माण        गरेका कोशी मधुसजस्ता सामाग्री बिक्रि बितरणका लागि नजिकको बजार सम्म पुग्ने गर्दछन् ।  उचित बासस्थान, आहार बिहार, खानपान र न्यानो कपडा जस्ता समस्याले पिरोलेको   राउटे समुदायमा  अहिले ५० घर परिवारका करिव १५५ जना व्यक्तिहरु रहेका    छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार