सुर्खेतमा सैनिक स्कुलका विद्यार्थीले शिक्षकलाई कुटे

धमाका संवाददाता
सुर्खेत, १९ पुस ।
वीरेन्द्रनगर स्थित मंगलगढीमा रहेको सैनिक आवासिय महाविद्यालयमा तनाव भएको छ । कक्षा दशमा अध्ययनरत विद्यार्थीहरुले शिक्षकलाई कुटपिट गरेपछि तनाव उत्पन्न भएको हो ।
केही दिन पहिले सैनिक आवासीय विद्यालयमा अध्ययतरत विद्यार्थीहरुले गाजा खाएको थाहा पाएपछि शिक्षकले प्रिन्सिपललाई खवर गरेका थिए । विद्यार्थीहरुले यसबारे किन जानकारी दिएको भन्दै आईतबार दिउसो शिक्षकलाई कुटपिट गर्दै लखेटेका थिए ।
शिक्षकलाई विद्यार्थीहरुले कुटपिट गरेपछि केही समय विद्यालय परिसरमा निकै तनाव उत्पन्न भएको थियो । विद्यार्थीहरुले शिक्षक र नेपाली सेनामाथि समेत ढुंगामुढा हानेको प्रत्यक्षदर्शीले बताएका छन् । विद्यालय भित्र कसैलाई पनि नेपाली सेनाले प्रवेश गर्न दिएको छैन् । विद्यलयमा अध्ययनरत छात्राहरुलाई घटना लगत्तै बाहिर पठाइएको छ । तर अन्य विद्यार्थीहरुलाई भित्रै राखिएको छ ।
घटना लगत्तै पुगेका अभिभावकहरुलाई समेत कसरी घटना भयो भन्नेबारे सेनाले मुख खोलेको छैन् । विद्यार्थीहरुले हानेको ढुंगामुढाबाट केही शिक्षक र नेपाली सेनाका जवानहरु घाईत भएको बताइएको छ । तर यकिन तथ्याङ्क उपलव्ध गराउन नेपाली सेनाले सूचना दिन मानेको छैन् ।
विद्यालयमा तनाव भएको थाहा पाएपछि त्यहाँ पुगेका पत्रकार माथि नेपाली सेनाले अभद्र व्यवहार गरेको छ । फोटो र भिडियो खिच्न पुगेका पत्रकारहरुलाई नेपाली सेनाका जवानहरुले फोटा हटाउन भन्दै दुव्र्यहार गरेका छन् ।
पत्रकार माथी दुव्र्यहार
समाचार संकलनका क्रममा माउण्टेन टेलिभिजनका सम्वाददाता सुदीप पुरी, काँक्रेविहार दैनिकका ईश्वर अधिकारी, बुलबुले एफएमका समाचार प्रमुख कृष्ण आचार्य र अनलाईन सुर्खेतका सम्वाददाता सुशील खड्कालाई सेनाले  फोटो किन खिचिस भन्दै दुव्र्यहार गरेका    थिए ।  तर घटना बारे बुझ्न समेत सेनाले विद्यलायमा प्रवेश गर्न नदिएर फर्काइदिएका थिए  ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार