सुशासनमा राम्रो काम भयो, साल्ग परियोजना सम्मानित

दैलेख फागुन १७ ।
दैलेख जिल्लाको २४ औं जिल्ला परिषदको अवसरमा स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजना, दैलेखलाई प्रशंसा पत्र सहित सम्मान गरिएको छ ।
दैलेख जिल्लामा सुdurlav bogatiशासन प्रवद्र्धनमा उल्लेख्य योगदान पुरायबापत २४ औं जिल्ला परिषदको एक भव्य कार्यक्रमका विच स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजना जिल्ला परियोजना सहयोग इकाई दैलेखलाई दोसल्ला सहित प्रशंसा पत्र द्धारा सम्मान गरिएको हो ।
संघिय मामिला तथा स्थानीय विकास राज्य मन्त्रि कुन्ति कुमारी शाहि द्धारा जिल्ला परियोजना सहयोग इकाई दैलेखका जिल्ला संयोजक दुर्लभ कुमार बोगटीलाई परिषदको दोसल्ला र प्रशंशापत्र सहित सम्मान गरिएको थियो ।
स्वीस सरकार विकास सहयोग र संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहकार्यमा परियोजनाले दैलेख जिल्लाका ४९ वटा गाउ विकास समिति र २ वटा नगपालिकाहरुमा विगत ३ वर्ष देखि स्थानीय शासन प्रक्रियामा नागरिकहरुको सहभागिता वृद्धि गराउन, सामाजिक जवाफदेहिताका विभिन्न औजारहरुको कार्यान्वयनमा सहयोग गरि सुशासन स्थापनाका लागि योगदान प¥याएकोले प्रशंशा पत्र प्रदान गरिएको जिल्ला विकास समिति दैलेखका कार्यक्रम अधिकृत सम्शेर बहादुर शाहीले बताए ।
२४ औ परिषदको अवसरमा उत्कृष्ट कार्य गर्ने र विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान प¥याए बापत कर्मचारिहरु, उपभोक्ता समितिहरु, सामाजिक परिचालकहरु लगायत ३३ जनालाई सम्मान गरिएका र आगामी दिनमा राम्रो काम गर्न हौसला मिल्ने स्थानीय विकास अधिकारी हरि प्याकुरेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार