जीप र्दुघटना, ५ वर्षिया बालक सहित ७ घाईते

jipकमल शर्मा
दैलेख चैत्र १०
दैलेख सदरमुकाम देखी दैलेखको बेस्तडा बजार जान लागको भे १ ज ३४१ नम्बरको जीप दुर्घटनामा परेको छ । जीप दुर्घटनामा परि ५ बर्षिया बालक सहित ७ जना घाईते भएका छन । घाईते हुनेहरुमा कट्टि गाबिस वडा नः ३ की २४ बर्षकी सिता शर्मा, उनका ५ बर्षिय छितिज शर्मा, जाजरकोट जिल्ला मजकोट गाबिसका ४५ बर्षिय चक्र बहादुर बि.क., उनकी पन्ती ४० बर्षिया रुपा बिक उनका ११ बर्षिय छोरा राज बहादुर बि.क. पगनाथ गाबिस वडा नं ७ की १७ बर्षिया सुमिता थापा, कट्टि गाबिस वडा नं ५ का गोपाल केसी घाईते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । घाईतेहरुको जिल्ला अस्पताल दैलखमा उपचार भइरहको छ । जीप चालक जाजरकोट जिल्ला मजकोट ३ का हरि बहादुर शाही र सहचालक सुर्खेत लाटीकोईली १ जय बहादुर शाही लाई जिल्ला पहरीले नियन्त्रणमा लिएको प्रहरी प्रमुख बिर बहादुर वलीले जानकारी दिए । जीप सड्क देखी १ सय मिटर तल खोल्सामा खसेको छ ।
जीप दुर्घटनामा परि गम्भीर घाईते भएकी कट्टि गाबिस वडा नः ३ की २४ बर्षकी सिता शर्मा ,उनका ५ बर्षिय छितिज शर्मा लाई दैलेखमा उपचार हुन नसकेपछि नेपालगञ्ज रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार