मर्नबाट बचेको पत्रिकाः धमाका

कविराज खत्री

त्यो दिन जुन दिन धमाका राष्ट्रिय दैनिक पत्रिकाले आफ्नो दस वर्षे लामो इतिहास पार गरेको उपलक्ष्यमा वार्षिक उत्सव आयोजना गरेको थियो, म विशेष कारणवस उपस्थित हुन सकिन । मलाई साझा प्रतिविम्व साप्ताहिक पत्रिकाको प्रकाशकको नाताले आमन्त्रण गर्नुभएको थियो या थिएन,त्यसको औपचारिक जानकारी मलाई छैन । त्यो दिनको पत्रिका हेरें, सबै पत्रिका र पत्रकारहरुको शुभ–कामना र मन्तब्य पनि थियो । हाम्रो पत्रिकाको तर्फबाट शुभ–कामना माग्नु पनि भएर र छाप्नु पनि भएनछ । मलाई लाग्यो धमाका र साझा प्रतिविम्व साप्ताहिक पत्रिकाको घनिष्ट साईनोमा कतै कमी आयो की ? विष्णुजी र उहाँको टिमले सधैं वाािर्षक उत्सवको बेला लेख लेख्दिनुहोला कविजी भन्नुहुन्थ्यो । यस पटक नभनेकाले मेरो मन कता कता हराए झैं लाग्यो । वषौं वर्षसम्मको हाम्रो (पत्रिकाको तहबाट) सम्बन्धलाई किन विष्णुजीले भुल्नुभयो त ? यो कुरा उहाँलाई नै थाहा होला । यस बारे यति नै भन्नु छ मेरो ।
तै पनि दैलेखको अभिभावक पत्रिका धमाका पत्रिका भएको नाताले,एक दसक लामो इतिहास बोकेको पत्रिका भएको नाताले शब्दहरुबाट धमाकाका प्रकाशक,सम्पादक विष्णुजीको अनुमति विना नै दुईचार शब्द मनका लागेका कुराहरु लेख्ने रहर लाग्यो । यो मेरो लेख छापिन्छ वा छापिन्न ? मलाई थाहा छैन । अनुमति विना लेखेर उहाँलाई मेल गर्ने तिव्र मनको इच्छालाई रोक्न नसकेर नै यो दुई शब्द शुभ–कामना लेखें ।
पत्रकारिता के हो ? पत्रकारहरु कस्ता हुन्छन ? धेरै जसोलाई थाहा नभएको बेलामा दर्ता भई धमका पत्रिका प्रकाशनमा आएको जानकारी मलाई छ । म पनि गाउँबाट कहिले काँही दैलेख आउँदा बजारमा फाट्ट फुट्ट रुपमा धमका देखिन्थ्यो र पढ्थे त्यो पत्रिका । ओहो, यो पत्रिका निकाल्ने साथीहरु त निकै ठूला हुनुहुन्छ होला । भेटन पाएको भए प्रधानमन्त्रीलाई भेटेको जस्तो लाग्ने थियो भन्ने चाहाना पलाउँथ्यो । समाज अर्ध–चेतन अवस्थामा रहेको बेला पत्रिका प्रकाशन गरी त्यसको चुनौती मोल्नु चानचुने कुरा थिएन । यो कार्य फलामका चिउरा चपाउनु सरह नै थियो । त्यसरी शुरु भएको पत्रिका धमका पत्रिका पछि अहिले २ दर्जनभन्दा बढि पत्रिकाहरु जिल्ला प्रशासन कार्यालय,दैलेखमा दर्ता भएर मृत अवस्थामा त्यही कार्यालयको ढड्मा मात्र भेटिन्छन । यसका पनि कारण हरुछन,त्यतातिर नजाऔं । तर पत्रिका प्रकाशन गर्ने क्रममा आएका भयाभह चुनौतीहरुसंग डटेर सामना गर्दै धमाकाले आफ्नो जोखिमपूर्ण र कठिन यात्रालाई विश्राम दिएन । त्यही भएर त एक दशक लामो अविराम यात्रा पुरा गरेको स्मरणमा वार्षिक उत्सव मनाउन सफल भयो । यो सफलता धमकाको मात्र होइन, हामी पत्रकार र आम दैलेखीको सफलता हो । हामी सबै दैलेखीले स्वीकार गर्नु पर्दछ ।
अर्को कुरा धमाका पत्रिकाले जहिले पनि राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको रक्षा गर्न कसैसित सम्झौता नगरी आफ्नो कलम अघि बढायो । यो कार्र्य निकै सह्रायिन छ र एउटा संचार माध्यमले पुरा गर्नु पर्ने जिम्मेवारी पुरा गरेको छ । कार्य सम्पादन गर्ने क्रममा सबै पाठकको चित्त कुनै पनि पत्रिकाले बुझाउन सक्दैन । वस्तुको श्रृजना भईसके पछि त्यसका राम्रा र नराम्रा पक्ष अवश्य हुने गर्दछन । नराम्रा पक्षहरुको हावी भयो भने नकारात्मक र राम्रा कामहरुको पक्ष हावी भयो भने सकारात्मक रुपमा हामीले ग्रहण गर्नु पर्दछ । धमाकाका राम्रा पक्ष धेरै भएको मेरो आकलनमा धमका धेरै पक्षमा सफल भएको छ ।
यसको अलावा धमाकाले पत्रिकाको नाममा वेव साईड निर्माण गर्नु, आकार ठूलो बनाउनु र यहि पत्रिकाको जगमा टेकेर आत्मनिर्भर बन्नका लागि प्रेस समेत स्थापना गरी संचालन गर्नु निकै उपलब्धिपूर्ण कार्य हुन । दैलेखमा प्रकाशन भएका अरु पत्रिकाहरु ज्युँदा रहन्छन वा रहन्नन अहिले पनि आशंकाको घेरामा रहेको छ भने अब धमका आत्मनिर्भर मात्र बनेको छैन विष्णुजी रहुन्जेलसम्म यो निरन्तर प्रकाशन हुनेछ भन्ने मेरो आत्मविश्वास छ ।
अन्त्यमा, विष्णुजीलाई मेरो एउटा विनम्र अनुरोध छ । विष्णुजी हामी पत्रकारहरु मात्र सफल भएर हुँदैन । हामी दैलेखी पत्रकारहरुको जग बलियो बनाउने आधार भनेको हाम्रो साझा संगठन पत्रकार महासंघ हो । दैलेखको पत्रकार महासंघभित्र अहिले केही समस्या देखा परेको छ । त्यसको कारक हामी हौं । तपाँई पत्रकार महासंघको पूर्व अध्यक्ष भएको नाताले यो समस्या सामाधान गर्न तपाँईको भूमीका अपरिहार्य छ । मैले बुझेको कुरा के हो भने तपाँईले पत्रकार महासंघको समस्या सामाधान गर्न जिम्मे वारीपूर्वक लाग्नु त भएको छ, अँझै शसक्त रुपमा लाग्नु भयो भने ९० प्रतिशत समस्या सामाधान भएर जानेछ । यहि अपेक्षा सहित धमका हामी सबैको अग्रज पत्रिका हो । यसमा हामी सबैको दुईमत छैन । पुनः पनि यसको निरन्तरताको शुभ–कामना ।
लेखक साझा प्रतिविम्व साप्ताहिक पत्रिका,दैलेखका (प्रकाशक) हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार