महोत्सब नजिकिदै गर्दा बजार सरसफाई अभियान तीब्र

हिक्मत कुमार नेपाली
दैलेख बैशाष १४
ऐतिहाँसिक दैलेख महोत्सवको मिति निजिकिदै गर्दा दैलेखमा स्वागत र सम्मानको तामझाम बढे संगै बजार क्षेत्र भित्र सरसफाई गर्ने क्रम पनि तिब्रता लिइरहेको छ ।
मंगलवार दैलेख उद्योग बाणिज्य संघको अगुवाईमा प्रमुख जिल्ला अधिकारी सहितको टोलीले स्थानिय गणेश चोक बाट सुरु गरि पुरानो बजार सम्म सरसफाई गरेको छ ।
बजार सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री, उद्योग बाणिज्य संघ दैलेखमा अध्यक्ष शान्ति प्रसाद शर्मा, नारायण नगरपालिका दैलेखका कार्यकारी अधिकृत भक्त बहादुर मल्ल, प्रहरी प्रमुख बिर बहादुर वली, नेपाली सेना, दैलेख उद्योग बाणिज्य संघका पदाधिकारीहरु, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुखहरु, स्थानिय व्यापारीहरु लगाएतको टोलीले बजार सरसफाई गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार