मानवअधिकार उलंघनका दोषिलाइ कारवाही हुन्छःझा

धमाका संवाददाता
दैलेख बैशाष २०
शसस्त्र द्वन्द्वको समयमा भएका गम्भिर मानवअधिकार उलंघनका घटनाका दोषीलाई कारवाही हुने कुरामा विश्वस्त रहन सत्य निरुपण तथा मेलमिलाप अयोागका सदस्य मञ्जला झाले पीडितलाई आग्रह गरेकी छन ।
स्थानीय शान्ति समिति दैलेखले गरेको छलफल कार्यक्रममा सत्य निरुपण तथा मेलमिलाप आयोगलाई पनि विगतमा गठन भएका अन्य आयोगकै रुपमा नहेरी विश्वास गर्नुपर्ने बताएकी हुन ।
‘यो आयोग विगतमा गठन भएका आयोग जस्तो होइन यसको प्रकृति र उदेश्य निकै फरक छ । उनले भनिन् “दोषीलाई कारवाही हुन्छ ।”
उजुरी दिदाँ फेरी पहिलाकै हाल हुने डर त्रास, पीडकको नाउँ टिकाएर उजुरी दिदाँ आफ्नो ज्यानको सुरक्षा हुने कुरामा ढुक्क नभएकै कारण पीडितले उजुरी नदिएको गुनासो सुनेपछि उनले दोषी लाई कार्बाही हुनेमा ढुक्क रहन पीडितलाई आग्रह गरेकि छन् ।
उनले ‘ठुलालाई चयन र सानालाई मात्र एैन हुँदैन आयोगले सवैलाई समान रुपमा हेर्छ । कसैको दवावमा नभई स्वतन्त्र, निश्पक्ष र तटस्थ भएर काम अघि बढाउने बताउदै–“म्यान्डेट अनुसार काम गर्छ, त्यसमा तपाईहरु ढुक्क हुनुहोस” उनले भनिन । आयोगले उजुरी लिन थालेको ३ साता पुग्न लाग्दा पनि आशा गरे अनुसारको उजुरी नपरेको भन्दै कुनै डर त्रासमा नपरी उजुरी दिन पीडितलाई आग्रह पनि गरिन । आयोगले २०५२ साल फागुन १ गतेदेखि २०६३ साल मंसिर ५ गते भित्र भएका घटनाहरुको मात्र उजुरी लिने भएकोले त्यसभन्दा अघि र पछिका उजुरी नदिन आग्रह गरेकी छन ।
बैसाख ५ गतेदेखि अहिलेसम्म स्थानीय शान्ती समिति दैलेखमा २२ वटा मात्र उजुरी परेको स्थानिय शान्ति समिति दैलेखले जनाएको छ ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री, प्रहरी नायव निरिक्षक विर बहादुर वली, लगाएत द्धन्द्ध पिडितहरुको उपस्थिीती रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार