सूचना रोक्ने अधिकार कसैलाई छैन् – बास्कोटा

धमाका संवाददाता
दैलेख बैशाष २७
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटाले सूचना रोक्ने अधिकार कसैलाई नभएकोले सूचना दिन कन्ज्युसाई गर्न नहुने बताएका छन । राज्यको शान्ति सुरक्षा, व्यक्तिगत कुरा, साम्प्रदायिकता भड्काउने कुरा, अदालतमा बिचाराधिन अवस्थामा रहेका कतिपय मुद्धाहरु, राष्ट्रिय अखण्डता लगायतका कुराहरु बाहेकका अन्य सबै सुचनाहरु कसैले रोक्ने अधिकार नहुने बताएका छन् । SAM_6007
सोमबार गरिएको एक कार्यक्रममा उनले सवै राष्ट्रसेवक कर्मचारी , राजनैतिक दलहरुलाई समाजीक सरोकारका विषयमा कुनै ब्यक्तिले सुचना माग्दा कसैले पनि सुचना दिन कन्ज्युसाई गर्न नहुने बताएका   हुन ।
जिल्लामा रहेका कार्यालय प्रमुख एवंम सुचना अधिकारीहरुलाई कोहि कसैको करकापमा नपारि जनताले मागे जतिको सुचना दिन समेत निर्देशन दिएका छन् ।
तोकिएका निश्चित गोप्य सुचना बाहेक अन्य कुनै पनि सूचना गोप्य नहुने भन्दै सर्बसाधारण जो कोहिलाईपनि सुचना दिनु पर्ने बताएका छन् ।
कुनै पनि कर्मचारिलाई सूचना दिने क्रममा आफ्ना मातहतका प्रमुखहरुले कुनै दवाव दिएमा दवावमा समेत नपर्न आग्रह गरे । यदि कुनै कार्यालय प्रमुखले सुचना नदिएको खण्डमा सूचना लुकाउनेलाई राष्ट्रिय सूचना आयोगले नियम बमोजिम कडा कारवाही हुने बताएका छन । अझै पनि नेपालमा बनेका ४ सय कानुनमा गोप्य सुचना दिन नमिल्ने उल्लेख गरिएपनि सूचना कुनै पनि गोप्य नहुने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार