२३ जेठ,पोखरा ।
प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेस का सभापति शेरबहादुर देउवाले ओली सरकारलाई आफूले बचाउन नसक्ने बताएका छन ।
नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित तथा प्रजातन्त्रका सेनानी स्व.दयाशंकर पालिखेको परिवारद्वारा स्थापित ‘दयाशंकर स्मृति पत्रकारिता पुरस्कार–२०७२ प्रदान समारोहलाई पोखरा मा सम्बोधन गर्दै कांग्रेस सभापति देउवा ले प्रतिपक्षमा बसेको कांग्रेसले ओली सरकार बचाउन नसक्ने बताएका हुन । उनले भने,–‘सत्ता साझेदार माओवादी केन्द्रले सहमति अनुसार राजिनामा माग्दैछ, उहाँकै पार्टी एमालेका बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनालले सरकार छाड्ने सहमति भएकै हो भनिरहनु भएको छ, यस्तो अवस्थामा हामी प्रतिपक्षी कांग्रेसले कसरी बचाउन सक्छौं र ? देउवाले ओली सरकारले स्थानीय निकायको चुनाव नगर्ने षडयन्त्र रचेको आरोप लगाएका छन । स्थानीय निकाय पुर्नसंरचना आयोगको म्याद नै फागुन सम्म भएको र त्यसले रिपोर्ट बुझाएपछि मात्रै चुनाव सम्भव हुने भएकाले त्यो भन्दा अघि चुनाव गर्ने सम्भावना न्यून हुँदाहुँदै चुनाव गर्ने भनेर हल्ला गर्नु चुनाव नगर्ने षडयन्त्र भएको उनको बुझाई छ । पूर्व प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले संविधान कार्यान्वयन का लागि कांग्रेस नेतृत्व गर्न तयार रहेको बताए । उनले भने,–‘संविधान कार्यान्वयन अहिलेको प्रमुख काम हो ।









