प्राविधिक बोकेर एलडिओ योजना स्थलमा

धमाका संवाददाता
दैलेख असार १४
स्थानीय बिकास अधिकारी हरि प्याकुरेलले काम सम्पन्न नभई भुक्तानी हुने बिगतको परम्परालाई तोड्दै आफै प्राविधिक लिएर योजनाको अनुगमनमा हिडेका छन् ।
जिल्ला बिकास समिति, सांसद बिकास कोष लगायत जिल्ला बिकास समिति मार्फत संचालन भएका बिभिन्न योजनाको अनुगमन गर्नका लागी उनले प्राविधिक सहितको टोldo anugaman 11ली लीई अनुगमन गरेका हुन् ।
बिगतमा प्राविधिकको मिले मतोमा काम नभएको भएपनि बिल भरपाई मिलाई भुत्तानी लिने गरेका गुनासोहरु आउन थालेपछि प्राविधिक सहतिको टोली लिएर योजनाको अनुगमन मा हिड्नु परेको प्याकुरेलले उनले बताए ।
स्थानीय बिकास अधिकारी सहितको टोलीले ईलाका न. ४ को जगनाथ गाबिस जोड्ने सडक बाटो, चुप्रा मेहेलतोली सडकको ¥यापको बाटो, पुल निर्माण लगायत बिभिन्न योजनाको अनुगमन गर्दै उनले स्टिमेटका आधारमा काम भए नभएको बास्तवीक अध्ययन गर्दै मध्यपहाडी राजमार्गको समेत अनुगमन गरेका छन् ।
अनुगमनमा स्थानीय बिकास अधिकारीले उपभोक्ता समितिका पदाधिकारीलाई तत्काल काम सक्न निर्देशन दिएका छन । स्थानीय बिकास अधिकारी सहितको टोलीमा राजनैतिक दल, पत्रकार, जिल्ला बिकास समितिका अनुगमन समतिका सदस्य, बिभिन्न सरकारी कार्यालयका प्रमुखहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार