धमाका संवाददाता
दैलेख साउन ३१
मुलुकमा भएको परिवर्तन सँगै अहिले संघियताको बहस गाउँ गाउँमा चलेको छ । जिल्ला सदरमुकामको रुपमा रहेको दैलेख सदरमुकाम २०५४ सालबाट नारायण नगरपालिकाको रुपमा परिचित छ ।
संघियताको बहससँगै ऐतिहाँसिक महत्व बोकेको दैलेख सदरमुकाम समस्यामा पर्ने अवस्था देखिएपछि जिल्लाका राजनीतिक दलहरुले जिल्ला सदरमुकाम सँगै अन्य गाउँ पालिका र नगरपालिका निर्माणका लागि गम्भिर छलफल जारी राखेका छन् । ८ वटा गाउँ पालिका निर्माण हुने संभावना सँगै अहिले दैलेखको संरचना परिवर्तन हुने देखिएको छ ।
जिल्ला सदरमुकाम कायमै रहनका लागि ४५ हजार जनसंख्या पुग्नुपर्ने कार्यविधिले तोकेअनुसार पायक पर्ने ईलाका गाम्भनेवारेमा अन्तिम निश्कर्षमा पुगिसकेको दलहरुले जानकारी दिएका छन् । यद्यपी सोमबारको सर्वदलिय बैठक भने स्थगित भएको छ ।
नेपाली काँग्रेस दैलेखका सभापती कृष्ण बि.सी.ले सोमवारको बैठक बुधवार सम्मका लागि स्थगित गरिएको बताएका छन् । आफुहरुले पनि भुगोल र जनसंख्याको बारेमा दुर्गम जिल्लाहरुमा केही हेरफेर गर्नुपर्ने माग काठमाण्डौं सम्म पुर्याएको र केन्द्रले एक दुई दिनमा केही निर्णय गर्ने जानकारी पाएकोले केन्द्रको निर्णय पश्चात जिल्लाको अन्तिम टुँगोमा पुग्न सजिलो हुने भन्दै बैठक स्थगित भएको बताए ।
नेकपा एमालेका अध्यक्ष रविन्द्र शर्माले ईलाका गाम्ने कुरा लगभग अन्तिम निश्कर्षमा पुगेको बताए । ईलाका गाभेसँगै दैलेख सदरमुकामको नाम पनि परिवर्तन गर्ने बारेमा छलफल भएको छ । दैलेख सदरमुकाम सँगै सवै गाउँ पालिका र नगरपालिकाको टुँगो अन्तिम चरणमा पुगिसकेको र केन्द्रको निर्णय पश्चात जिल्लामा सर्वदलिय संयन्त्रले निर्णय गर्न अँझै सहज हुने बताए ।
माओवादी केन्द्रका जिल्ला संयोजक कर्ण बस्नेतले भौगोलिक र जनसंख्याको कुरालाई केही मात्रामा केन्द्रले निर्णय गर्ने पर्खाईमा बसेको बताउँदै दैलेख सदरमुकामको अस्तित्व सँगै अन्य गाउँपालिका र नगरपालिका सवैको टुँगो एकैसाथ हुने बताए ।
अहिले ईलाका नं. २ लाई दैलेख सदरमुकाम सँगैको ईलाका निर्माण गरि यसको नामाँकरणको बारेमा बहस सुरु भएको बताएका छन् । ईलाका नं. २ गाभिदा ऐतिहाँसिक महत्व बोकेको महावु सम्मको भू भाग हुने भएकोले महावु नगरपालिका या बेलासपुर नगरपालिका नामाँकरण गर्दा राम्रो हुने सुझावहरु आएका छन् , छलफल चलिरहेको छ । बस्नेतले भने जुनुसुकै अवस्थामा पनि दैलेख सदरमुकाम कायम हुन्छ । यसका लागि सवैले एकमत जनाएका छन् ।
जिल्ला सदरमुकाम सँगै दुल्लु नगरपालिका र अन्य विभिन्न भू भागहरुको बारेमा समेत गाउँ गाउँमा बहस र छलफल भैरहेको छ । सर्वदलिय सँगै सवै जनताको भावनाको उच्च कदर गर्दै आफुहरुले काम अगाडी बढाएको जिल्ला बिकास समिति दैलेखका स्थानीय बिकास अधिकारी हरि प्याकुरेलले जानकारी दिएका छन् । सवैको भावनाको कदर गर्दै गाउँ पालिकाहरु र गाउँ पालिका भित्रका वडाहरुको मिलानका लागि भिन्न भिन्न छलफल र वहसहरु गाउँ गाउँमा भैरहेका छन् । जिल्लास्तरका नेताहरुले समेत गाउँका हरेक जनताहरुको भावनाको कदर गर्दै सिमाँकनको काम अगाडी बढाउन सुझावहरु दिएका छन् । केन्द्रको निर्णयका आधारमा जनसंख्या र भौगोलिकतामा केही लचक नभए पनि अन्तिम निश्कर्ष भैसकेको नेताहरुले जानकारी दिएका छन् ।









