नेपालका ७५ जिल्ला मध्य मध्य पहाडी भेकमा अवस्थित दैलेख एक हो । यो जिल्ला समुन्द्री सतह देखि १५१४ देखि ३६९२ मी, २८.४५ मीनेट,२९.०७ मिनेट अभ्यास ८१ डिग्रीमा फैलिएको यस
जिल्लामा हाल ४९ गाविस र २ नगरपालिका द्धारा राजनीति विभाजन गरिएको छ । भौगोलिक विभाजनलाई हेर्दा डुङ्गेश्वर, चुप्रा, रामाघाट गर्मी स्थलहरु हुन् । यस जिल्लाका दक्षिणी भूभाग देखि उत्तरी भूभाग नौमूले द्धार पनि जिल्लाको अन्य भूभाग भन्दा गर्मी नै मानिन्छ । हावापानीको दृष्टिकोणले हेर्दा हेर्दा यस जिल्लाको हावापानी समशितोष्ण खालको छ । जिल्लाको भौगोलिक, आर्थिक, राजनीतिक, सामाजिक र शैक्षिक विश्लेषण गर्ने हो भने यस जिल्लाको आफ्नै आलको विशेषता रहेको छ ।
पुराताव्तिक , सांस्कृतिक र शैक्षिक दृष्टिकोणले हेर्दा यस जिल्लामा साके ९५६ को दुल्लुको सवैभन्दा पुरानो किर्ती खम्व हालसम्म पनि रहेको छ । भने अन्य पुराना एैतिहासिक क्षेत्र पञ्चदेवल कोतगडी, धार्मिक पिठ, श्रीस्थान, कोटिल, नाभिस्थान, धुलेश्वर , पादुकामा रहेको प्रश्थ्यात पञ्च स्थानलाई धार्मिक रुपले मात्र नभएर यहा भित्रको ज्वलनशील बस्तुको उत्खनन् गर्न पनि आवश्यक छ । हाल सम्म विकट पहाडी जिल्ला भएकाले चर्चा परिचर्चा गर्न विज्ञहरुको अभाव देखिन्छ । भुगर्भ विद हरुले यस क्षेत्र भित्रको ज्वलनशील पदार्थको खोजी गरी प्रकाशनमा ल्याउन अति आवश्यक छ । यसमा सरकारले सोच्नु पर्दछ ।खास गरी यस लेखमा दैलेख जिल्लाको शैक्षिक अवस्थाको विश्लेषण गर्न मात्र खोजिएको छ । ऐतिहासिक कालमा विभिन्न शक्ति पिठहरु र धार्मिक स्थलहरुमा गुरुकुल शिक्षा देखि शुरु भएको यहाको शिक्षा ज्योतिश शास्त्रको अध्ययनबाट अगाडी बढेको छ । विशेष गरी बझाङ अछाम जुम्लाबाट क्रमश बस्ती सर्दै आएका यहाका विभिन्न जातिहरु रेग्मी, अधिकारी आचार्य, न्यौपाने, पाण्डे, ढकाल, ठकुरी, मल्ल ठकुरी, खड्का क्षेत्री, थापाक्षेत्री शुनको कामगर्ने स्वर्णकार, छालाको काम गर्ने जातीहरु क्रमश पश्चिमी भेगबाट नै वस्ती सर्दै आएको अध्ययनबाट भेटिन्छन् । यहाँ कुनै जाती उच्च वर्ग र कुनै जाती निम्न (सानो) नभइ कामको आधारले जातीयताको वर्गिकरण गरेको देखिन्छ । क्रमश आर्थिक र शैक्षिक विकास भएका जातीहरु माथिल्लो जातीमा दर्ता हुन पगे र शैक्षिक विकास गर्न नसकेका जातीहरु तल्लो जातीमा दर्ता भएको देखिन्छ । शैक्षिक अवस्थाले पनि जातीय अवस्थालाई ब्यवस्था गर्दो रहेछ । यसै क्रममा हाम्रो देशमा प्राचीन कालदेखि हालसम्मको आर्थिक, शैक्षिक अवस्थालाई हेर्दा यसरी ब्याख्या गर्न सकिन्छ ।
१) प्राचिनकालिन शैक्षिक अवस्था
२) मध्यकालिन शैक्षिक अवस्था
३) आधुनिक कालिन शैक्षिक अवस्था
४) आधुनिक प्राविधिक शैक्षिक अवस्था
दैलेख जिल्लाको शैक्षिक अवस्थालाई हेर्दा प्राचिन अवस्थाको ज्योतीष शास्त्रमा अलिअलि विकास भएको पाइन्छ । यसका साथै मध्यकालमा केहि ब्यक्तिहरुले गुरुकुल शिक्षाले स्थान लिएको पाइन्छ । आधुनिक कालमा शिक्षाको विकास केहि मात्रामा पाइन्छ । पृथ्वी नारायण शाहले नेपाल एकिकरणको समय यता वि.सं. १८२५ मा उपत्यका विजय पछि पनि पूर्व पश्चिम एकिकरणको समयमा पनि साधारण जनताले भाग लिएका थिएनन् । मात्र राजा र रजौटाका नातेदार जो आफ्नै शैक्षिक अवस्थाले नभइ आफन्तको हिसावले जागिर खाएर एकिकरण अभियानमा लागेका थिए । बहादुर साह र राजेन्द्र लक्ष्मी शाहको नायकी कालमा खास शिक्षाको विकास यस जिल्लामा परेन । जव वि.सं. १९०४ मा राजा र राणाहरुको शासनको शुरु भयो त्यसपछि देशभरी भाषा पाठशालाको शुरु भयो भने गुरुकुल शिक्षाले पनि मान्यता पाइरहेको थियो । यसका साथै सरकारी सहयोगमा वि.सं १९७४ सालमा दैलेखमा भाषा पाठशालाको शुरु भयो ।
२००८ सालमा श्री त्रिभुवन ब्यावसायिक माध्यामिक विद्यालयको स्थापना भयो । यसले लामो समयसम्म शिक्षाको बढ्दो गतिलाई अगाडी बढाउन सकेन । २०३६ सम्म प्रवेशिका परीक्षाको परीक्षा केन्द्र नेपालगञ्जमा र पछि २०३१ देखि नेपालगञ्जवाट सुर्खेतमा प्रवेशिका परीक्षाको परीक्षा केन्द्र सुरु भयो । यस वेला सम्म धेरै दैलेखी युवाहरुले उच्च शिक्षाको खुड्किलोमा पुगिसकेका थिए । समग्रमा हेर्दा २०२० साल देखि यता मात्र दैलेखमा शिक्षा विस्तार भएको देखिन्छ । नेपाली राजनीतिमा आफ्नो अग्रस्थान राख्न सफल भएका केहि प्रजातान्त्रिक तथा बामपन्थीहरुले एनकेन उच्च शिक्षा हासिल गर्न नसकेता पनि प्रजातान्त्रिक आन्दोलन र वाम आन्दोलनमा सफल भएको देखिन्छ । लक्ष्मण खड्का, भवानी प्रसाद अधिकारी, मयाराम रेग्मीले पदीय राजनीति नगरी आफ्नो पहिचान गर्न सफल भए । यसै क्रममा दैलेखको एक मात्र पुरानो हाइस्कूलबाट आफ्नो अध्ययनलाई अगाडी बढाउदैं विद्यावारीधि हासिल गर्ने श्री प्रेम बहादुर शाही , श्री वीर बहादुर थापा श्री डा. पुण्य प्रसाद रेग्मी, श्री डा.सर्वराज खड्का, श्री डा. कवि पोख्रेल, श्री रंगनाथ जोशी, श्री टेक बहादुर राना, श्री शिवराज अधिकारी, श्री हरिहर अधिकारी, भवानी प्रसाद ज्ञावाली, प्रेम बहादुर सिंह डा. नन्द बहादुर सिंह लगायत अन्य क्षेत्रमा लागेका ब्यत्तित्वहरु हुन् भने यसै जिल्लामा बसी दैलेखी जनताको वीचमा रहेर अध्यापन गर्नु भएको र राज्यको उच्च स्थानमा रहि काम गरीरहनु भएका आदणीय गुरु खगेन्द्र बहादुर मल्ललाई दैलेखी शिक्षा क्षेत्रका अग्रजका रुपमा लिन सकिन्छ । २०२७ साल देखि २०७० सम्म निरन्तर रुपमा उहाले आफ्नो अध्यापन कार्यलाई अगाडी बढाउनु भएको छ । यसै गरी अन्य शिक्षा हासिल गर्ने ब्यक्तित्वहरुमा नर बहादुर हमाल, टीका हमाल, स्वर्गीय दलवीर सिंह (राजपुत) खड्का खड्का, बहादुर सिजापति खेमराज के.सी. शेर बहादुर थापा, विष्णु तिमल्सैना लगायत वर्तमान अवस्था सम्म शिक्षण तथा अन्य पेसामा संलग्न ब्यत्तित्वहरुको कदर गर्न हामी तयार हुन पर्दछ । यसै क्रममा हालको दैलेख जिल्लाको शैक्षिक अवस्थाको विश्लेषण गर्दा निम्नानुसारको तत्थ्याङ्क देखिन्छ ।
गणेशप्रसाद रेग्मी
क्रमश….









