नेपालगञ्ज, १२ भदौ ।
नेपालगञ्ज उद्योग बाणिज्य संघमा समावेशी प्यानलका नन्दलाल बैश्य विजयी भएका छन् । बैश्यले प्रतिद्वन्द्वी गोपाल अधिकारी र कपिल अधिकारीलाई ठूलो अन्तरले पराजित गरेका हुन् । उपाध्यक्ष र सदस्यहरुमा पनि समावेशी प्यानलका धेरैजना अगाडि देखिएका छन् । दुई हजार ६ सय १० मत खसेकोमा बैश्यले एक हजार चार ७१ मत ल्याएका छन् । प्रजातान्त्रिक समूहका गोपाल अधिकारीले ५ सय ८२ र समावेशी साझा समूहका कपिल अधिकारीले ४ सय ५८ मत ल्याएका छन् । माओवादीका केन्द्रको एउटा समूह, राप्रपा नेपाललगायत केही मधेसी दलको समर्थन रहेको बैश्यको प्यानल शुरुवाती नजितादेखि नै अगाडि बढेको थियो । दुई सय सात मतको गणना हुँदा नै बैश्यले एक सय ३० मत ल्याएका थिए । प्रतिस्पर्धी गोपालले ५५ र कपिलको ३८ मत थियो । चार सय ५३ मतको नतिजा आउदा बैश्य २ सय ६०, गोपाल एक सय १९ र कपिल ७० मतमा थिए । एक हजार तीन सय सात मतको नतिजा सार्वजनिक गरिदा बैश्यले ७ सय ३०, गोपालले ३ सय ३३ र कपिलले २ सय २७ मत ल्याएका थिए ।









