सुर्खेतमा सुविधायुक्त कवर्डहल निर्माण हुने

धमाका संवाददाता
सुर्खेत, १८ भदौ ।
प्रदेश नंं ६ को प्रस्तावित राजधानी सुर्खेतमा सुविधायुक्त तथा बहुउद्देश्यी कवर्डहल निर्माण हुने भएको छ । कवर्डहल निर्माणका लागि पहिलो पटक स्थानियले धार्मिक महोत्सव सञ्चालन गर्ने भएका छन् ।
“स्वस्थ समाज, राष्ट्र शान्तको लागि खेलकुल सुविधायुक्त कवर्डहलको लागि धार्मिक महोत्सव २०७३” भन्ने मुल नाराका साथ धार्मिक महोत्सव आयोजना गर्न लागिएको हो । आगामी कात्तिक २५ गते देखी संचलान हुने मध्यपश्चिमा धार्मिक महोत्सव २०७३ को वीरेन्द्रनगरमा सचिवालयको उद्घाटन गरिएको छ । महोत्सवबाट करिव ५ करोडसम्म आम्दानी हुन सक्ने आयोजकले अनुमान गरेको छ ।
कार्यक्रममा महोत्सव मुल समारोह समितिका महासचिव खिमलाल देवकोटाले रकम संकलन गरी सुर्खेतमा सुविधवामुक्त व्याडमिन्टन कवर्ड हल निर्माण गर्नका धार्मिक महोत्सवको आयोजना गरिएको बताए । सुविधायुक्त कभर्डहल निर्माण सम्बन्धी ठोस योजना तुर्जमा कार्यक्रम कर्वडहल निर्माण गर्न धार्मिक महोसत्व गर्ने महासचिव देवकोटाले बताए ।
सरकारी स्तरबाट तत्काल सहयोग हुने नदेखिएपछि संघले आर्थिक संकलन गर्न धार्मिक महोत्सवको आयोजना गर्ने अन्तिम तयारीमा जुटेको हो । तर अव बन्ने कवर्डहल भने प्रदेश नम्बर ६ को विकास पुवार्धारको रुपमा स्थापित गर्न लागेको उनको भनाई छ । कर्भड हल निर्माण गर्नका लागि २ करोड लागत लाग्ने बताईएको छ । सो रकम जुटाउनका लागि धार्मिक महोत्सवको संचालन महासचिव देवकोटाले बताए । व्याडमिन्टन लाई सुविधायुक्त कवर्डहल निर्माण गरेर स्थानिय, क्षेत्रीय र राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले लागिएको अभियान संचालन गरिएको हो । महोत्सव आउदोँ कार्तिक २५ गतेबाट मंसिर २ गतेसम्म सञ्चालन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार