आत्मनिर्भर बन्दै दलित महिला

हिक्मत कुमार रतन
दैलेख भदौ २०
पछिल्लो समय गाउँदेखि सहरसम्म विभिन्न किसिमको सीप सिकेर महिला आत्मनिर्भर हुने क्रम बढेको छ । पुरुष विदेश जाने र महिला सीप सिकेर अग्रसर हुन थालेका छन । महिला उद्यम गर्न अग्रसर हुन थालेसँगै सीप विकासमा सहभागी हुन थालेका हुन् ।
सरकारले गाविसमा लक्षित वर्गका लागि छुट्याएको रकम विभिन्न क्षेत्रमा लुछाचुँडी भइरहेको बेला जिल्लाका विभिन्न गाविसमा महिलाले सीप सिक्न थालेका छन । लाँकुरी गाविसकी विमला नेपाली सहित १२ जना दलित, जनजाती अन्य समुदायका महिलाहरुले लाँकुरी गाविसको देउली बजारमा सिलाई कटाई व्यवसाय मार्फत आत्मनिर्भर बन्दै गएका छन् । घरेलु तथा साना उद्योग विकास समिति दैलेखको सहयोगमा तीन महिनाको तालिम लिएर उनीहरुले सिलाई कटाई व्यवसाय सञ्चालन गरिहेका छन् । तालिम, सिलाई कटाईका लागि आवश्यक पर्ने मेसिन संगै व्यवसाय सञ्चालन का लागि भवन समेत दिएर महिलाहरुलाlankuri photo copyई व्यवसाय सञ्चालन मा सहयोग पुगेको छ । उनीहरुले आफ्नै भवनमा व्यवसाय सञ्चालन गरिरहेका छन् । गाउँ विकास समितिले जग्गा उपलब्ध गराएपछि दातृ निकायको सहयोगमा सामुहिक भवन निर्माण गरेका हुन् । आर्थिक स्तर कम भएका दलित तथा अन्य जातीका महिलाहरुले सामुहिक व्यवसाय सञ्चालन गरिरहको छन् । उनीहरुले व्यवसाय सुरु गरेको अहिले ४ वर्ष भयो । आत्मनिर्भर बन्नको लागि व्यवसाय सुरु गरेपछि डिमेगा र घरेलु तथा साना उद्योग विकास समितिको सहयोगले आफुहरुलाई धेरै सहयोग पुगेको लाँकुरी ८ की सरुपा नेपालीले बताइन् । पहिला जुनसुकै काममा पनि श्रीमानहरुको भर पर्नु परेको बताउदै सिलाई कटाई व्यवसायबाट घर खर्च चलाउन सहयोग पुगेको समुहकी अध्यक्ष कृष्णा नेपालीले बताइन् ।
“श्रीमानको भर पर्नुपर्ने बाध्यता हटेको छ , पहिला घरायसी कामका सिमित हुन्थ्यौ, तर अहिले कामले फुर्सद नै छैन् । ” दिनमा ८ सय देखी १ हजार सम्म कमाई हुने गरेको उनीहरुको भनाई छ । आफुहरुको राम्रो कामले गर्दा लाँकुरी गाविसका मात्र होइन वडाभैरब, डाडाँपराजु लगाएत छिमेकी गाविसहरुबाट समेत काम आउने गरेको पूर्णकला नेपालीले बताइन् । घर खर्च संगै छोरो छोरीलाइ पढाउन सजिलो भएको छ । व्यवसाय सुरु गरेपछि आत्मनिर्भर संगै अन्य जातजातीका महिलाहरुले पनि सयुक्त रुपमा व्यवसाय सञ्चालन मा हौसिएपछि बिभेदमा समेत कमि भएको दलित महिलाहरुले बताए । उनीहरुले सञ्चालन गरेको व्यवसाय दिदिबहिनी टेलर्सले परिचित छ । यहाँ दलित महिला मात्र नभएर क्षेत्री, जनजाती समुदायका महिलाहरुले पनि संगै व्यवसाय सञ्चालन गरेका छन् । आफुहरुलाई सजिलो हुने भएकाले नजिकै सुनिता थापाको सिलाई कटाईका सामाग्री बिक्रीसमेत गर्ने गरेकी छिन् । १२ जना आर्थीक स्तिथी कमजोर भएका महिलाहरुले रोजगारी पायौ । आफुहरुलाई प्रत्यक्ष फाइदा हुने काम गरेकोमा समुहकी अध्यक्ष कृष्णा मात्र होइन व्यवसाय सञ्चालन गर्ने महिलाहरु खुसी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार