गोविन्ददेव भारती
लामो समयका विभिन्न चरण र विभिन्न प्रकृतिका आन्दोलनको उपलब्धी स्वरुप नेपालले संघिय लोकतान्त्रीक गणतन्त्रात्मक संविधान प्राप्त गरेको छ । हजारौँ मानिसहरुको त्याग तपस्या र वलिदानिबाट प्राप्त संविधानलाई कार्यान्वयन गर्न सक्नु नै यतिवेलाको प्रमूख कार्यभारको
रुपमा देखिएको छ । गतवर्ष जारी भएको संविधानले मुलतः नेपाली जनतालाई अधिकार सम्पन्न र शक्तिशाली बनाउने परिकल्पना गरेको छ । तर, यो वा त्यो बाहानामा नेपाली जनतालाई अधिकार सम्पन्न भएको देख्न नचाहने र जनतालाई शक्तिसम्पन्न हुन नदिने बरु केवल आप्mनो निजि स्वार्थ र समृद्धिको कवचका रुपमा प्रयोग गर्न चाहने अदृष्य शक्तिका कारण संविधान कार्यान्वयनको कार्यलाई कहिँ न कतैबाट चुनौती थपिने खतरा बढ्दै गएको छ । जसको उदाहरणको रुपमा जव संविधान जारी भयो तव, जातिय, क्षेत्रिय लगायतका अनेकौँ नाममा जनताला
ई विभाजित र आन्दोलित गरेर आप्mनो गुमेको शक्ति पुनः आर्जन गर्न खोजिरहेको कुरा भुसको आगो जस्तै बनिसकेको छ ।
यद्यपी जसले जे जस्ता जनविरोधि वा संविधानको मूल मर्म विपरित कार्य गर्दै गएको भएपनि अन्ततः नेपाल र नेपाली जनताको सर्वोत्तम हितको रुपमा रहेको संविधानलाई शशक्त कार्यान्वयन गर्नु आम देशप्रेमी, विकासप्रेमी र जनताको हित चाहने ब्यक्तिहरुको काँधमा आईपरेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले नेपालीको गुमेको स्वाभिमानको पुनरोदय र मुर्छित सपना ब्यूँझाउने काम गरेको कुरा स्वयं तत्कालिन सरकारका विरोधिहरुले पनि स्विकार गरेको कुरा हो । तसर्थ तत्कालिन ओली सरकारले सुरु गरेको समृद्धिको अभियान र स्वाभिमानका कदमले आत्तिएर विदेशीका योजना र बलले छोटो समयमै सरकार ढाल्ने काम भयो । लोकतान्त्रीक प्रक्रियामा सरकार ढल्नु र बन्नु कुनै अनौठो कुरा होईन ।
सरकारको नेतृत्व कसले गर्यो भन्नु भन्दापनि कसको नेतृत्वमा बनेको सरकारले देश र जनताका हितमा के कस्ता काम गर्यो भन्ने कुराले बढि अर्थ राख्ने गर्दछ । त्यसैले पनि ओली नेतृत्वको सरकारले गरेका देशको स्वाभिमान बचाउने कार्य र जनताको समृद्धिको लागि गरेका कार्यलाई निरन्तरता दिनु वर्तमान सरकारको पनि उत्तिकै जिम्मेवारीको रुपमा आउने गर्दछ । यस अभियानको प्रचार र वर्तमान सरकारले गर्नुपर्ने कामको वारेमा सचेतता प्रदान गर्दै सम्भावित रुपमा हुन सक्ने राष्ट र राष्टियता विरोधी गतिविधिहरुको विरुद्धमा कलम चलाउनु प्रेस चौतारीमा आवद्ध पत्रकारहरुको प्रमूख कार्यभार हो । अवका सञ्चारकर्मि र अवका सञ्चारमाध्यम केवल सूचना आदान प्रदान गर्ने माध्यम वा ब्यक्ति मात्र होईनन् भन्ने कुराको अनुभूत आम जनतालाई गराउनु जरुरी छ । यी त समाज परिवर्तनको एउटा शक्तिशाली अंगका रुपमा स्थापित हुनुपर्दछ । आवाजविहिनहरुको आवाजका रुपमा परिचित सञ्चारमाध्यम र सञ्चारकर्मीहरुले अव केवल सूचना आदान प्रदानको काम मात्र होईन नेपाली समाज परिवर्तनका लागि सवैभन्दा अग्रपंत्तिमा रहेर भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारी थापिएको छ ।
जसका लागि संविधान कार्यान्वयनको पाटोलाई तदारुकताका साथ लाग्नु र सवैलाई लाग्न अभिप्रेरित गर्नु आम पत्रकारहरुको कर्तब्य देखिएको छ । सरकारमै रहेका केही पार्टीका नेताहरुले आगामि स्थानीय तहको निर्वाचन पुरानै संरचना अनुसार हुन्छ भन्दै बोलिरहेका बेला प्रेस चौतारी नेपालले नयाँ संविधान अनुसार ७ प्रदेशात्मक ढाँचामा कमिटि निर्माण गरी कार्यविभाजन समेत गरिसकेको र तत्काल प्रदेश कमिटिहरु गठन गर्ने अभियानले संविधान कार्यान्वयनको कामलाई तिव्रता दिएको देखिन्छ ।
आर्थिक क्रान्ती
देशका ठुला ठुला राजनीतिक परिवर्तनमा सञ्चारकर्मी र सञ्चारमाध्महरुले खेलेको भूमिका उच्च स्मरणिय रहेको छ । चाहे २००७ सालको परिवर्तन, चाहे २०४६ सालको होस् वा २०६२÷०६३ को ऐतिहाँसिक आन्दोलनहरु हुन् ति सवै आन्दोलनलाई एउटा तार्किक विन्दुमा पु¥याउनमा नेपाली सञ्चारमाध्यम र सञ्चारकर्मीको उत्तिकै योगदान छ । हामिले भविश्यको कुरा गर्नु अघि इतिहासतर्पm फर्केर हेर्न जरुरी छ । इतिहासमा प्रगतिशिल अभियानमा लाग्नेले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । २००७ सालतिर हाम्रा अग्रज पत्रकारले प्रजातन्त्र जिन्दावाद, राणा शाही मुर्दावाद भन्दै लेखे । २०४६ साल वरिपरि पञ्चायति ब्ववस्था मुर्दावाद, प्रजातन्त्र जिन्दावाद भनेर लेखे भने २०६२÷०६३ मा राजतन्त्र मुर्दावाद गणतन्त्र जिन्दावाद भनेर हामिले लेख्यौँ । यि सवै लेखाई नेपाल र नेपालीको पक्षमा थिए, जसले गर्दा देशको राजनीतिक परिवर्तनमा ठुलो शक्तिको रुपमा काम ग¥यो र जनताले चाहे जस्तो परिवर्तन पनि भयो । अव देशले गणतन्त्र पायो । राजनीतिक हिसावमा हामि सवैले चाहेको परिवर्तन भयो । अव नेपाली पत्रकारले के भनेर समाचार लेख्ने त ? राजनीतिक रुपमा तत्कालको लागि जनताले अपेक्षा गरेको फल प्राप्त भैसकेको छ ।
अव के फेरी त्यही सूचना आदानप्रदानको कामलाई मात्र निरन्तरता दिने त ? यदी त्यसो होईन भने अव हामिले के गर्दा देशले अर्को एउटा परिवर्तनको महशुस गर्छ त ? यी र यस्तै प्रश्न अव हामि आम सञ्चारकर्मीको अगाडी उभिएका छन् । हो राजनीतिक परिवर्तनपछि अव हाम्रो देशले चाहेको विषय भनेको आर्थिक क्रान्ती नै हो । जसले गर्दा आन्दोलनका विभिन्न चरणै चरणमा देशले ब्यहोर्नु परेको आर्थिक घाटा पुरा गर्दै आर्थिक रुपमा देशलाई सम्पन्नशाली बनाउने तिर सवैलाई अग्रसर हुन अभिप्रेरित गर्ने अर्को थप जिम्मेवारी पनि हाम्रो काँधमा थपिएको छ । नेपाली समाजमा विद्यमान वर्गीय विभेद र गरिवी हाम्रा मुख्य चुनौतीको रुपमा देखा परेका छन् ।
हाम्रा छिमेकी देशले आर्थिक विकासको उचाई लिईरहेका छन् । बितेको १४ बर्षमा छिमेकी मुलुक चिनले ३५० प्रतिशत बढी कुल ग्राहस्थ उत्पादन बढाएर विश्वकै ठुलो अर्थतन्त्र निर्माण गरिसकेको छ । तसर्थ अन्य छिमेकीको आर्थिक प्रगतिलाई सिकाईको रुपमा लिँदै हामिले पनि नेपालको समृद्धिको बाटो के हो ? यसले दलाल पुँजिबादी विकासको बाटो लिने हो कि समाजवादतिर जाने हो ? आर्थिक विकासले कसको सेवा गर्छ ? श्रमिक वर्गको स्थान के हुन्छ ? यी र यस्तै प्रश्न अहिलेपनि हाम्रा आन्दोलनमा बहसका विषय हुन् । विश्वब्यापिकरणले विश्वको श्रम तथा पुँजि बजारमा पारेका प्रभावले गर्दा लाखौँ यूवा विदेशमा सस्तो श्रममा पसिना बगाउन वा आप्mनो श्रम बेच्न बाध्य छ । अव हामिले विश्व पुँजिवादको उत्पादन बजार मात्रै भनेर नेपाली समाजलाई विश्व पुँजिबादको पुच्छर बनाउने कि राष्टिय पुँजिको विकास गरेर अर्थतन्त्र निर्माणमा श्रमजिवि सर्वहारा वर्गको नेतृत्वलाई स्थापित गर्ने अनि समाजवादको बाटोमा जाने ? निश्चित रुपमा अव हामिले आर्थिक विकासमा श्रमजिवि सर्वहारावर्गको नेतृत्वलाई स्थापित गरेर राष्टिय पुँजिको विकास गर्नु छ ।
नेपाली समाजलाई समाजवादको बाटोमा हिँडाउन सक्नु छ । गरिविका कारण विदेशमा श्रम बेच्न बाध्य यूवा जनशक्तिलाई उनिहरुको दक्षता र क्षमताका आधारमा स्वदेशमै रोजगारीको ब्यवस्था गर्न जरुरी छ । जसले गर्दा देशको विकास संगसंगै देशवासीको आर्थिक विकासमा पनि टेवा पुग्न जानेछ । यसको लागि सरोकारवाला निकायलाई घच्घच्याउने र सवैलाई यस्ता कार्यमा जुट्न अभिप्रेरित हुने गरी सञ्चारमाध्यमबाट जनताकाबीचमा सन्देश लैजाने कामको अगुवाई प्रेस चौतारीमा आवद्ध कर्मठ सदस्यहरुले गर्नुपर्नेछ ।
लेखक प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हुन् ।









