अनेरास्ववियुको मावी कमिटि गठन

धमाका संवाददाता
दैलेख भदौ २६
त्रिभुवन नमुना माध्यामिक विद्यालय नयाँ बजार दैलेखमा प्रकाश श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय एमालेको भातृ संगठन अनेरास्ववियु मावी कमिटि गठन गरिएको छ ।
कमिटिको उपाध्यक्षमा वर्षा चौधरी, सचिव प्रदिप शर्मा, सहसचिव चन्द प्रसाद न्यौपाने, कोषाध्यक्ष साबित्री भण्डारी, सदस्यहरुमा नम्रता रेग्मी, आस्था खड्का आशा खड्का गिता श्रेष्ठ, अनिल सोनी लगाएत १९ सदस्यीय रहेका छन । अनेरास्ववियु जिल्ला कमिटि दैलेखका सचिव सरद चन्द्र हमाल, सह–सचिव अग्नि रिमाल, सचिवालय सदस्य रेखा थापा लगायत जिल्ला कमिटी सदस्य हरुको उपस्थिति मा भेला गरि कमिटी गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार