दैलेख जिल्लाकै उत्कृष्ट सहकारी गोठपाँडा कृषक सहकारी संस्था ले आफ्नो १० आँै बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारी अभियान द्धारा सम्बृद्ध राष्ट्रको निर्माण गरौ भन्ने मुलनाराका साथ गोठपाँडा कृषक सहकारी संस्थाले १० औँ साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभामा बोल्दै प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले मुलुकको आर्थिक अवस्थालाई मजबुद बनाउन सहकारीको निकै ठुलो भूमिका रहेको बताएका छन् । उनले सहकारी क्षेत्र आर्थिक, सामाजिक र समग्र विकासको लागि आधार स्तम्भ रहेको औल्याए । समाजको विकास गर्न सहकारीको महत्वपूर्ण भूमिका रहने बताउदै क्षेत्रीले सहकारी संस्थामा रहेका शेयर सदस्यहरुको क्रियाशिलताले सहकारीलाई दैलेख जिल्लाको मात्र नभएर देशकै नमुना सहकारी बनाउन सकिने बताए ।
उनले जिल्लाको समग्र विकासका लागि गोठपाँडा कृषक सहकारी संस्थाले पु¥याएको योगदानको कदर गर्दै सहकारीका माध्ययमबाट सभ्य समाज निर्माणमा लाग्नु पर्ने बताए । साधारण सभा उद्घाटन कार्यक्रममा बोल्ने अतिथीहरुले गोठपाँडा कृषक सहकारी संस्था जिल्लाको सबै भन्दा उत्कृष्ट सहकारी संस्थाको रुपमा स्थापित भएकोमा प्रंशसा गर्दै सहकारीलाई जिल्लाको मात्र नभएर देशकै नमूना सहकारी बनाउन तर्फ लाग्नुपर्नेमा जोड दिएका थिए ।
संस्थाको शेयेर पुँजी ३४ लाख ८२ हजार ४ सय, जगेडा कोषमा ३२ लाख ८६ हजार ७ सय ५० रुपैयाँ ८९ पैसा रहेको छ ।
निक्षेप संकलन तथा भुक्तानी गत वर्षको निक्षेप तर्फ १ करोड ३६ लाख ६९ हजार ५९ रुपैयाँ बाँकी रहेकोमा यस वर्ष बृद्धि भई २ करोड ७ लाख ७७ हजार १सय ३३ रुपैयाँ पुगेको छ । यस अवधिमा संस्थाले १ करोड ६६ लाख १ हजार १सय ७४ रुपैयाँ संकलन तथा ९४ लाख ९३ हजार १ सय रुपैयाँ भुक्तानि गरेको छ ।
यस्तै कर्जा लगानी तर्फ ४ करोड ९९ लाख ६ हजार ९ सय ५२ लगानी तथा ३ करोड १ लाख ११ हजार ७ सय ७६ असुली गरी आ.व.को अन्तमा रु. ३ करोड २ लाख ९३ हजार ६ सय ४३ लगानी गरेको छ ।
सहकारीको सर्वमान्य सिद्धान्त अनुसार संस्थाको लगानिलाई विविधिकरण गदै लैजाने उदेश्यले राष्ट्रिय सहकारी बैंक लि. दैलेख शाखा बाट १ लाख, जिल्ला सहकारी संघको १ हजार र प्रस्तावित कृषि संघको १ हजार बरावरको शेयर लगानि गरिएको बताइएको छ । यस आवमा संस्थाले रु १७ लाख ४१ हजार बराबरको बचत (मुनाफा) गर्न सफल भएको बताइएको छ । संस्थामा गत आ.व.मा कुल सदस्य संख्या ६२० जनाबाट बढेर कुल सदस्य संख्या ७२७ पुगेको छ ।
जस अन्तरगत महिला सदस्य संख्या ४२४ जना र पुरुष ३०३ जना रहेका छन् । सहकारीमा बाल बचत कर्ता ४३ जना गरी कुल बचत कर्ताको संख्या ७७० जना रहेको प्रतिवेदन प्रस्तुत संस्थाकी अध्यक्ष मुना थापाले गरेकी थिइन् । साधारण सभामा उत्कृष्ट बचत कर्ता मासिक बचत कर्ता,नमुना कृषि ब्यवसाय संचालक, जेष्ठ नागरिक , उत्कृष्ठ समुह, उत्कृष्ट संचालकलाई सम्मान समेत गरिएको छ ।
संस्थाले तरकारी, पशुपालन, बाख्रा पालन, कुखुरा पालन लगाएतका क्षेत्रहरुमा लागानी गरेको अध्यक्ष मुना थापाले जानकारी दिईन । । साधारण सभा उद्घाटन कार्यक्रमको अध्यक्षता मुना थापाले गरेकी थिईन
अध्यक्षमा पुन : थापा
गोडपाँडा कृषक सहकारी संस्थाको १० औँ साधारण सभाबाट पुनः मुना थापाको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको छ । उपाध्यक्ष मनिराम शर्मा, कोषाध्यक्ष श्रीबहादुर बोगटी, संचिवमा आनन्द केसी चयन भएका छन । सदस्यहरुमा हरिमाया थापा, कुमारी श्रेष्ठ, देवि थापामगर, तेज बहादुर थापा, अस्मिता विश्वकर्मा, टिका शाही, सिता खड्का (यादव) रहेका छन ।










