खेल महोत्सव आजबाट

दैलेखी युथको आयोजनामा सञ्चालन हुन लागेको तृतिय दैलेखी युथ कप खेल महोत्सब आज बाट सञ्चालन हुने भएको छ ।
आज विहान स्थानिय गणेश चोक बाट ¥याली संगै टुडिखेलमा दैलेखी युथ कप खेल महोत्सबको उद्घाटन गरिने दैलेखी युथले जनाएको छ । आयोजक दैलेखी यूथले दिइको जानकारी अनुसार महोत्सब आज देखी १० गतेसम्म ५ दिन सञ्चालन हुनेछ ।
यूवाहरुलाई लागु औषध तथा जुवा तास खेल्नबाट रोक्न खेलको माध्यमद्धारा सकारात्मक बाटोमा लैजान अभिप्रेरित गर्न खेल महोत्सव आयोजना गरिएको हो । दशैं तिहार विदामा जिल्ला भित्र तथा बाहिरबाट घरमा आएका यूवाहरुविच भेटघाट गरि सिकाई साटासाट तथा खेलको माध्यमद्धारा जिल्लाको पहिचान गराउनका लागि ३ वर्ष अघिदेखी प्रत्येक वर्ष खेल महोत्सवको सञ्चालन हुदँै आएको छ । दैलेखी युथ कप खेल महोत्सबमा ४ खेलहरु भलिवल, फुटवल, ब्याटमेन्टिन र टेवुलटेनिस खेलहरु खेलाईने बताइएको छ । दैलेखी युथले महोत्सबको पुर्वसन्ध्यामा दैलेख सदरमुकाममा मोटर साईकल ¥याली समेत गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार