बन्दको प्रभाव दैलेखमा पनि

नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दले दैलखको जनजिवन पनि प्रभावित बनेको छ । दैलेख बजार क्षेत्रमा माओवादी कार्यकर्ता हरु नदेखिपनि विहानै देखि दैलेख सदरमुकामबाट छोटो तथा लामो दुरीका लागि छुट्ने यातायातका साधनहरु, होटल, खाद्यान्न पसलहरु बन्द नै रहेको छ । जनजीविका र खाद्य संप्रभुताको सवाललाई लिएर नै नेकपा माओवादीले आज नेपाल बन्दको घोषणा गरेको थियो । माओवादीले ‘दलालीकरण विरुद्धको आवाज देशव्यापी रुपमा उठान नेपाल बन्दको घोषणा गरिएको माओवादीले बताएको छ जनतालाई दैनिक उपभोग्य वस्तु र सेवा सुविधामा भएको मूल्यवृद्धिले ढाड सेकेको भन्दै सरकारले जनजीविका सवालमा कुनै काम गर्न नसकेकोले ओन्दोलनका कार्यक्रमहरु गर्नु परेको माओवदीले बताएको छ । माओवादीले दलाल, कालोबजारी, भ्रष्टाचारीको खोजी गरेर चर्को मूल्यवृद्धि र खाद्य सम्प्रभुताको सुनिश्चित गर्न नेपाल बन्दको आह्वान गरेको बताएको छ । शिक्षा, स्वास्थ्य, खाद्यान, पेट्रोलियम पदार्थ लगायतमा भएको महंगीले गरिबीको रेखामुनी रहेका जनताको जीवनस्तर झनै कष्टकर बनाएको भन्दै माओवादीले जनजीविका र खाद्य संप्रभुताको सवाललाई लिएर बिभिन्न आवाज उठाइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार