दैलेखमा पहिलो युवा सूचना केन्द्र स्थापना

1212दैलेखको दुल्लु नगरपालीकामा पहिलो पटक युवा सुचना केन्द्र स्थापना भएको छ । युवा तथा खेलकुद मन्त्रालय अन्र्तगत युवा बिभागले जारी गरेको निर्देशिका युवा सुचना केन्द्र संचालन तथा ब्यबस्थापन निर्देशिका २०७० र सेभ द चिल्ड्रेन युवा सुचना केन्द्र स्थापना र व्यवस्थापन निर्देशिका २०७३ बमोजीम युवा सुचना केन्द्रको स्थापना गरिएको हो । केन्द्रको संचालन तथा व्यवस्थापन का लागि प्रकाशबहादुर शाहको अध्यक्षतामा बिभिन्न सरोकारवाला निकाय सहित ९ सदस्यीय ब्यबस्थापन समिति गठन गरिएको छ । नेपाल सरकारले केन्द्रमा राष्ट्रिय युवा परिषद गठन गरी जिल्ला स्तरमा जिल्ला युवा समित गठन भएपनि युवाहरुलाई सुचना दिन एक कार्यालयले मात्र सम्भव नहुने भएकाले दैलेखमा पहिलो युवा सुचना केन्द्र स्थापना गरिएको बताईएको छ ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र एभरेष्ट क्लव दैलेखको सहजीकरणमा संचालन भएको युवा सशक्तिकरण परियोजना अन्र्तगत उक्त युवा सुचना केन्द्र स्थापना भएको छ ।
जिल्ला युवा समिति दैलेखका अध्यक्ष चन्द्र प्रसाद दहालले अवका दिनहरुमा युवाहरुलाई उद्यमी बनाउने, युवा लक्षित कार्यक्रम संचालन गर्ने र युवाहरुलाई आत्मनिर्भर बनाउनका लागि बिभिन्न कार्यक्रम संचालन गर्ने बताएका छन् ।
जिल्ला युवा समितिले समेत ठोस कार्य योजना ल्याउने बताउँदै दाहालले एभरेष्ट क्लव दैलेखले युवाहरुको मागलाई मध्यनजर गरी युवा सुचना केन्द्र स्थापना गरेकोमा धन्यबाद दिएका थिए ।
विजया माबि दुल्लुका प्रअ केशव भण्डारीले युवाहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भएका सुचनाहरुलाई सजिलै ईमेल इन्टरनेटको माध्ययम बाट र राष्ट्रिय स्तरका पत्रिकाहरुमा प्रकाशित समाचारहरु सहजै हेर्न र देख्न पाउने बताए । युवा सुचना केन्द्र खोल्न सहयोग गरेको भन्दै सेभ द चिल्ड्रेन एभरेष्ट क्लव दैलेखलाई स्थानीयले दिगोपनाको लागि अँझै पहल गर्न सुझाव दिएका छन् । कार्यक्रममा बोल्दै सेभ द चिल्ड्रेनका जिल्ला कार्यक्रम संयोजक महोमद कैयुमले मध्यपश्चिममा अझै पनि ३२ प्रतिशत गरिवी रहेको भन्दै त्यसको न्युनिकरणका लागी पनि सुचना केन्द्र महत्वपुर्ण हुने बताए ।
सुचनाकै माध्यामबाट कतिपय युवाले आफ्नो योग्यताअनुसार चाहेको काम गर्न सक्ने बताए । एभरेष्ट क्लव दैलेखका अध्यक्ष दिपक कुमार शाहीले नेपालको संबिधान २०७२ मा समेत सुचनाको हक ब्यबस्था गरेको भन्दै राज्यले प्रत्येक नेपालीलाई सुचनाको हक अनुसार सुचना दिनु पर्ने बताए । उनले राज्यले लिएका उद्देश्यलाई कार्यान्वयन गर्नका लागि गैरसरकारी सस्थाहरुले काम गरकोले त्यही अनरुप युवा सुचना केन्द्र स्थापना भएको बताए । युवा सुचना केन्द्रका लागि २ थान कम्प्युटर ,ब्याकअप ब्याट्रि ,एडिएसएल , सुचना बोर्ड ,१० थान कुर्चि समेत हस्तान्तरण गरिएको छ । दुल्लुको विजया उच्च माबिमा उक्त कार्यालय रहने कार्यक्रम संयोजक टेकराज आर्चायले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार