जिल्लाको आवश्यकताका आधारमा योजना बनाइने

purba yojana tarjumaदैलेख जिल्लाको आवश्यकता हेरेर विकास निर्माणका योजनाहरु बनाइने भएको छ । जिल्ला विकास समिति दैलेखले मंगलवार आयोजना गरेको आ.व २०७४/०७५ का लागि पूर्व योजना तर्जुमा गोष्ठीमा यस्तो बताइएको हो ।
गाउँ र बस्तीहरुबाट आएका योजनाहरुलाई समेटिने छ, स्थानीय विकास अधिकारी प्याकुरेलले भने, ‘केन्द्रबाट जिल्लालाई यस्तो खाले बजेट सिलिङ्ग आएको छ । जिल्ला विकास समितिको क्षेत्रगत तथा विषयगत योजनाको उद्देश्य, लक्ष्य प्राप्ति हुने गरी वार्षिक कार्यक्रम तर्जुमा हुने उनले बताए । प्याकुरेलले भने, जिल्ला को समग्र विकासका लागि स्थानीय स्तरका जनताहरुबाट आएका मागलाई समेट्दै जिल्ला को योजना निर्माण गरिने बताए । जिल्लाको योजना तर्जुमा गर्दा वडा, गाउँ, ईलाकाबाट सर्वपक्षिय रुपमा प्रस्ताव भएर आएका कार्यक्रमहरु जिल्ला विकास समिति ले जिल्ला परिषदमार्फत स्वीकृत गर्ने गर्दछ । नेपाल सरकारबाट प्राप्त अनुदान ÷ बजेट एवं वैदेशिक स्रोतबाट प्राप्त हुने बजेटलाई समेत समावेश गरी वार्षिक बजेट तथा कार्यक्रम तयार गर्नुपर्ने मार्गदर्शन केन्द्रबाट आएको जिल्ला विकास समिति दैलेखले जनाएको छ । जिविस, विषयगत कार्यालय र गैर–सरकारी संस्थाले योजना बनाउँदा केन्द्रले तोकेको मार्गनिर्देशन अनुसार कार्यक्रम र योजनाहरु तयार गर्नुपर्ने छ ।
जिल्ला विकास समितिले सहभागितात्मक योजना तर्जुमाका १४ चरण पालना गरी योजना तथा कार्यक्रम छनोट गर्नुपर्ने छ । पूँजीगततर्फ विनियोजित रकमको कार्यक्रम तर्जुमा गर्दा सबै जातजातिका विपन्न वर्गका महिला र बालबालिका लक्षित कार्यक्रम १०/१० प्रतिशत र बालमैत्री स्थानीय शासन कार्यक्रम लागु गर्नेछ । कार्यक्रम र बजेट तर्जुमा गर्दा अनुदान रकम र आन्तरिक आय समेत समावेश गरी वार्षिक बजेट तथा कार्यक्रम गाउँ परिषद्बाट स्वीकृत गराउनु पर्ने, वडा नागरिक मञ्चबाट सिफारिस भई आएका योजनालाई मात्र गाउँ परिषद पेश गर्नुपर्ने, स्थानीय स्तरमा प्रभाव पार्नसक्ने खालका योजनालाई अभियानको रुपमा अगाडी बढाउन प्राथमिकता दिनुपर्ने, कार्यक्रमहरु लैंगिक उत्तरदायी बनाउने तर्फ विशेष ध्यान दिन केन्द्रले जिल्लालाई निर्देशन गरेको जिल्ला विकास समिति दैलेखले जनाएको छ । पूर्व योजना तर्जुमामा बोल्दै सांसद अम्मर बहादुर थापाले जिल्लाको विकासका लागि आयोजना छनोट गर्दा एकरुपमा हुनुपर्नेमा जोड दिए । योजना तर्जुमा गर्दा सबै वर्ग र क्षेत्रको सहभागिता जरुरी रहेको भन्दै सासंद थापाले विकास निर्माणका कार्यक्रमहरुमा अवरोध खडा गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले लक्षित वर्गको बजेट विनियोजनमा सबैको ध्यान जानु पर्नेमा जोेड दिदै योजना तर्जुमा गर्दा बस्तीस्तरबाट छनोट भई आएका योजनालाई प्राथमिकतामा राख्न सुझाव समेत दिए । योजना छनोट गर्दा दलित महिला, जनजाती, बालबालिका, अल्पसंख्यक, पिछडिएको क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने क्षेत्रीले सुझाव दिएका छन् । राजनितीक दलका तर्फबाट बोल्दै राष्ट्रिय जनमोर्चा दैलेख सचिव कविराज खत्रीले जिल्लालाई आत्मनिर्भर बनाउनको लागि प्रत्येक गाउँ र बस्तीमा उद्यमीहरु हुनुपर्नेमा भन्दै पर्यटन र उद्योग स्थापनाका लागि सबैले ध्यान दिनुपर्ने सुझाव दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार