किन गरीयो मध्यपश्चिम क्षेत्र बन्द
कैलालीमा भएको गौ हत्या को विरोधमा आयोजनामा गरिएको मध्यपश्चिम बन्दका कारण दैलेख, सुर्खेत, बाँके बर्दिया लगाएतका जिल्लाहरुमा जनजिवन सामान्य प्रभावित बनेको छ । बन्दले गर्दा विद्यालय, कलकारखाना, वजार तथा यातायातका साधन चलेका छैनन । बन्दका कारण मध्यपश्चिमका विभिन्न जिल्लाहरुबाट छुट्ने लामो तथा छोटो दुरीका सार्वजनिक गाडिहरु चलेका छैनन भने वजार पनि सामान्य रुपमा मात्र खुलेको छ । कैलालीको सदरमुकाम धनगढि देखि करिब २२ किलोमिटर उत्तर तर्फ रहेको गोदावरी गाविसमा सयौ गाईहरु मरेको अवस्थामा भेटिएपछि विभिन्न हिन्दुवादि संघ संगठन हरुले आज मध्यपश्चिम क्षेत्र बन्दको आव्हान गरेका थिए ।
के हो गौ हत्या प्रकरण
कैलालीको सदरमुकाम धनगढि देखि करिब २२ किलोमिटर उत्तर तर्फ रहेको गोदावरी गाविसमा सयौ गाइ गोरु मरेको अवस्थामा भेटिए पछि यो घटना सार्वजनिक भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक अर्जुन चन्द ठकुरीका अनुसार सार्वजनिक रुपमा छोडिएका गाईवस्तुलाई कन्चनपुरको बेदकोट नगरपालिकाले नियन्त्रणमा लियर जंगलमा छोडने गरेको बताउदै त्यहि अनुसार कैलालीको गोदावरीमा छोडेको, जंगलमा रहँदा चिसोका कारण ति गाई मरेको बताए । गाईलाई कसैले मारेको जस्तो देखिएन उनले टेलिफोनमा सो जानकारी दिएका छन् । उनले कन्चनपुरको बेदकोट नगरपालिका नगरमा रहेका छाडा चौपायहरुलाई नियन्त्रणमा लियर जगलमा छोडने गरेको बताए । प्राय जसो त्यसरी ल्याइएका गाइगोरुलाई कैलालीको सहजपुरमा छोडिने गरिएतापनि यस पटक गोदावरीमा छोडिएको बताए । साथै कन्चनपुर बाट गाई गोरुलाई लोड गरेर ल्याएका ४ वटा ट्रक र चालकलाइ पक्राउ गरीएको जानकारी दिएका छन् । यसरी पक्राउ पर्ने हरुमा ना ४ ख ८३३८ नम्वरका ट्रक चालक कमल प्रसाद पान्डे , ना ४ ख ३०२६ का पदम चन्द , ना ३ ख ८४३५ का सन्तोष कुवर र ना ६ ख ७६१८ भिमदत्त वैज लाइ ट्रक सहित नियन्त्रणमा लियर अनुसन्धान भैरहेको बताएका छन् ।
स्थानिय वासीहरुका अनुसार गाईलाई मारिएको भन्दै आक्रोस वढदै गएपछि त्यस क्षेत्रमा थप सुरक्षाकर्मि परिचालन गरीएको छ । यो घटनालाइ लियर धर्म संग जोडनुको कुनै अर्थ नरहेको वुद्धिजिविहरुको भनाइ रहेको छ । यस विषयमा अनुसन्धान भैरहेको बताइएको छ ।









