मोवाइल छिटो चार्ज गर्ने ५ तरिका

मोवाइलको ब्याट्री एकै पटक ब्याट्री चार्च गर्न नसकिए पनि यसलाई केही छिटो भने गर्न सकिन्छ । यहाँ केही तरिका छन जुन तपाईलाई सहयोगि हुन सक्छन्।
१. मोवाइललाई फ्लाइट मोडमा राख्ने ।
मोवाइल लाई फ्लाइट मोडमा राख्दा सबै फङसन बन्द हुन्छन । जसले गर्दा मोवाइल छिटो चार्ज हुन्छ । त्यति बेला कल, इन्टरनेट ब्राउजिङ, जीपीएस जस्ता फिचर बन्द हुन्छन ।
२. मोवाइल बन्द गर्नुस ।
मोवाइ फोन अफ गरेर चार्ज गर्दा बिग्रन्छ भन्ने भनाई बहुप्रचारित भनाई छ । यो एउटा ‘मिथ’ जस्तै बनेको छ । तर यो सत्य भने होइन। तर मोवाइल अफ गरेर चार्ज गर्दा छिटो चार्ज हुने कुरा भने सत्य हो।
३. युएसबी पोर्टमा चार्ज नगर्नुस ।
मोबाइल फोन युएसबी पोर्टबाट ढिलो चार्ज हुन्छ । त्यस कारण विजुलीबाट चार्ज गर्दा छिटो हुन्छ । एप्पल फोनको लगि कम्पनीले मोवाइलको फोन एडप्टरसँग भएको युएसवी केवलबाट विजुली पोइन्टबाट चार्ज गर्न सुझाव दिएको छ ।
४. उचित तापक्रममा राख्नुस ।
धेरै तापक्रम ब्याट्रीको चार्ज टिकाइराख्नको लागि हानिकारक हुन्छ। एप्पलले तापक्रमका कारण ब्याट्रीको क्षमतामा प्रभाव पार्ने भन्दै घामबाट समेत मोवाइललाई टाढा राख्न भनेको छ।
५. आधिकारिक चार्जर प्रोयोग गर्नुस ।
सवै चार्जर एकै प्रकारका हुँदैनन। फोनको आधिकारिक चार्जर प्रयोग गर्दा मोवाइल सुरक्षित पनि हुन्छ । अनधिकृत चार्जर प्रयोग गर्दा समस्या आउन सक्छ। यसले राम्रोसँग मोवाइल चार्ज नहुन पनि सक्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार