महिला पत्रकारिता तालिमको माग गरिने

पत्रकारितामा महिलाहरुको सहभागिता बृद्धी संगै महिला अधिकारको विषयमा सशक्तिकरण गर्ने उद्देश्यले जिल्लामा महिला पत्रकरिता तालिम माग गरिने भएको छ ।
शुक्रवार महिला तथा बालबालिका कार्यालय दैलेखमा आयोजना गरिएको गैरसरकारी संघ संस्था तथा जिल्लाका सञ्चारकर्मीहरु संगको छलफलमा महिला तथा बालबालिका कार्यालय दैलेखले आउदो आर्थीक वर्षमा यस्तो कार्यक्रमको माग गर्ने बताइएको हो । महिला तथा बालबालिका कार्यालय दैलेखले विगतमा गरेका कार्यक्रमहरुको समिक्षा तथा आउदो आर्थीक वर्षमा प्रस्ताव गरिने कार्यक्रम निर्माणका सुझाव संकलन गर्ने उद्देश्यले उक्त बैठकको आयोजना गरिएको थियो । जिल्लाका ग्रामिण भेगका महिलाहरु अझै पनि सुचना र संचार क्षेत्रबाट पछाडी परेका कारण अधिकार बाट बञ्चित रहेकोले महिलाहरुको अधिकार स्थापित गर्नको लागि यस्तो तालिमको माग गर्न लागिएका महिला विकास अधिकृत अनिता ज्ञावलीले जानकारी दिएकी छिन् । महिला हरुको चेतना स्तर उकास्नका लागि जिल्लाका नगरपालिका तथा सम्पूर्ण गाउँ विकास समितिहरुका महिलाहरुको प्रतिनिधित्व रहेने गरि तालिमको माग गर्नुपर्ने छलफलमा सहभागीहरुले सुझाव दिएका थिए ।
पत्रकारितामा आउन चाहाने नयाँ महिलाहरका लागि आधारभूत तथा जिल्लामा क्रियाशिल रहेका महिला पत्रकारहरुको लागि क्षमता अभिबृद्धी गर्ने गरि दुई चरणको तालिमको माग गर्नुपर्ने सहभागीहरुले सुझाव दिएका छन् ।
जिल्लामा बालविवाह न्यूनिकरणका लागि अभियान सञ्चालन भइरहदाँ महिला तथा बालबालिका कार्यालय दैलेखले विभिन्न बालबालिकाहरुको क्षेत्रमा काम गर्ने गैरसरकारी संघ संस्थाहरु संगको समन्वयमा अभियानलाई जिल्ला व्यापी बनाउने महिला विकास अधिकृत ज्ञावलीले बताइन् । बालबाविवाह न्यूनिकरणका लागि पहल थालिएको भएपनि बालविवाहको यकिन तथ्याङ्गक नभएको भन्दै बालविवाहको तथ्याङ्गक लिनु पर्ने सहभागीहरुले जोड दिएका छन् । अहिले जिल्लाभर महिला अधिकारको क्षेत्रमा काम गर्ने २५ वटा महिला सहकारीहरु स्थापना भएको महिला तथा बालकालिका कार्यालय दैलेखले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार