इतिहास लेख्ने कार्य सामान्य कुरा होइन

दैलेख जिल्ला जैविक तथा साँस्कृतिक विविधताले भरिपूर्ण जिल्ला हो । जिल्लामा रहेका ऐतिहासिक, धार्मिक, पुरातात्विक, महत्वका बस्तुहरुको प्रचार प्रसारका लागि बिभिन्न निकायहरुबाट बेला बेलामा गरिएका प्रयासहरुले दैलेखको नाम पहिचानमा केही सहयोग पुगेको छ । दैलेखलाई नेपालको ऐतिहाँसिक महत्वको जिल्ला भित्र राख्नुपर्ने माग दैलेखका संचारकर्मीहरु र अन्य सम्वन्धित निकायहरु सँगै सभासद र राजनीतिक दलहरुले बारम्वार नउठाएका पनि होइनन् महत्वपुर्ण जिम्मेवारी बोकेको नेपाल सरकारले दैलेखलाई अहिलेसम्म हेलाको दृष्टिकोणले हेर्ने चलनले पनि जिल्ला पछाडी परेको छ ।
अर्कोतर्फ स्थानीय निकाय र अन्य जिम्मेवार राजनीतिक दलहरुले दैलेखको पर्यटन बिकासका लागि स्थानीय स्तरबाट ठोस कार्य योजना बनाएर पनि अगाडी बढ्न सक्ने धेरै संभावनाहरु हुँदा हुँदैपनि यसको कार्यान्वयन गर्न नसक्नु र दिगो समाधानका लागि योजना नबन्नुपनि मुख्य कारणको रुपमा रहेको छ ।
अहिले दैलेखका संचारकर्मीहरुले दैलेखको इतिहासको पुर्ण लेखन नगरेसम्म दैलेख अँझै धेरै बर्ष पछाडी पर्न सक्छ भन्ने सोचका साथ इतिहास लेखन अभियानको थालनी गरेका छन् ।
अभियानको सुरुवात जो कसले गरोस् तर मुख्य र उपलब्धिमुलक कार्यका लागि सबैले साथ दिनुपर्ने बेला हो । दैलेखमा राम्रो काम गर्दा पनि खुट्टा तान्ने प्रवृतिको राजनीतिक संस्कारका कारण राम्रो योजना ल्याएका व्यक्तिहरुलाई समेत असहयोग गर्ने प्रवृतिहरु बिगतदेखि चलेका छन् । यस्ता सवै तिक्तताहरुलाई थाँती राखेर दैलेखको इतिहास लेखन कार्य सम्पन्न गर्न सके दैलेख बिश्वका मानिसहरु घुम्न आउन सक्ने स्थानको रुपमा स्थापित हुन सक्ने देखिन्छ भने अर्कोतर्फ संघिय प्रदेशको मुख्य पर्यटन द्धारका रुपमा दैलेख स्थापित हुन सक्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार