समितिको बैठकमा नआउनेको कार्यक्रम समावेश नगरिने
स्थानीय बिकास अधिकारी डिलाराम पन्थीले जिल्लाको समग्र विकासका लागी इमानदारीका साथ काम गर्नु पर्ने बताएका छन । जिल्ला विकास समिति दैलेखको आव ०७४/०७५का लागी विषयगत समितिको पहिलो जनसख्या तथा सामाजीक समितिको बैठकमा बोल्दै उनले बिकास गर्नका लागी इमानदारीता चाहिने, एमानदारीता भएन भने जिल्लाको बिकास सम्भव नहुने भएकोले सबै सरोकारवाला निकायले आ–आफ्नो क्षेत्रबाट इमानदारीका साथ काम गर्न सुझाव दिएका छन् ।
गाउँ बिकास समिति बाट शिक्षक र अनमीको तलव ब्यर्होनु परेको भन्दै सम्बन्धित कार्यालयले ध्यान नदिदा यस्तो समस्या सिर्जना भएको पन्थीले बताए । विषयगत कार्यालयले के काम गर्नु पर्ने त्यो काम गर्न विषयगत कार्यालयका कार्यालय प्रमुखहरुलाई सुझाव दिएका छन् । विषयगत समितिमा नआउने सरकरी तथा गैरसरकारी संस्थाका कार्यक्रम अव अनुमोदन नहुने भएका छन् । जिल्ला बिकास समितिले पत्राचार गर्दा समेत वास्ता नगरी समितिको बैठकमा अनुपस्थित भएपछि यस्तो निर्णय गरिएको जिल्ला बिकास समितिका कार्यक्रम अधिकृत पदम सापकोटाले जानकारी दिएका छन् । समितिको बैठकमा जिल्ला अस्पताल लाई १५ सैया बाट ५० सैया बनाउने, दैलेख खुल्ला दिसामुक्त घोषण भएपनि सार्वजनिक शौचालय नभएका स्थानहरुमा सार्वजनिक शौचालय निर्माण, क्याम्पस खोल्न अनुमतिका विषयमा गम्भीर छलफल हुने सुचना अधिकृत सम्सेर बहादुर शाहीले बताए । विषयत कार्यालयको बैठक हुदा कार्यालय प्रमुख बाहिर गएको भन्दै बैठकमा उपस्थित हुन निर्देशन जिल्ला बिकास समितिले दिएको छ । फाल्गुन १५ गत्ते हुने जिल्ला परिषदका लागी ५ वटा विषयत समितिका बैठकहरु संचालन हुनेछन् ।









