कर्मचारी भन्छनः माग पुरा नभए आन्दोलन रोकीदैन

 nagarस्थानीय निकाय कर्मचारी हरुले निरन्तर गरेको आन्दोलनका कारण जिविस र नगरपालिका कार्यालयको काम ठप्प छ । समायोजन, स्थायित्व, स्थानीय निकायको अविलम्ब चुनाव घोषणा , कोषको व्यवस्था लगाएतका विविध मागहरु राखेर सबै स्थानीय निकायहरु बन्द  गरिएको हो । देशभरका जिविस, नगरपालिका बाट दिने सबै सेवाहरु अनिश्चितकालका लागि बन्द गरिएको दैलेख जिल्लामा कार्यरत स्थानीय निकाय कर्मचारी ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिका संयोजक चित्र खनालले जानकारी दिएका छन् ।  आफ्ना मागहरु पूरा नभए सम्म  आन्दोलन जारी रहने उनले जानकारी दिए । निजामती कर्मचारी र स्थानीय निकाय दुवै कर्मचारीलाई समान व्यवहार गरिनुपर्ने, कर्मचारीका योग्यता, रुचि, अनुभवका आधारमा पदस्थापना र सरुवा, प्रदेश सरकार र संघीय सरकारको तुलनामा स्थानीय सरकारमा काम गर्न प्रेरित गर्नुपर्ने, स्थानीय सरकारमा कार्यरत कर्मचारी सरुवा भएर जान चाहेमा दुवै प्रदेशको सहमतिमा संघीय सरकारले व्यवस्था गर्नुपर्ने मागहरु सहित  कर्मचारीहरुले देशभरका स्थानीय निकायका सबै खालका सेवाहरु ठप्प पारेका हुन । आन्दोलन माघ १८ गतेबाट नै विभिन्न चरणमा सुरु भएको  थियो । कालो पट्टी बाँध्ने, दिनमा तीन घन्टा धर्ना दिनेजस्ता कार्यक्रम गर्दै आएपनि सुनुवाइ नभएकोले बन्द गरेको कर्मचारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार