खुला दिशा मुक्त जिल्ला घोषणा सँगै दैलेख नेपालको २५ औ खुला दिशामुक्त जिल्ला भएको वर्ष बितिसक्यो । नेपाललाई सन् २०१७ भित्र खुला दिशा मुक्त देश बनाउने अभियान अन्तरगत दैलेखलाई खुला दिशामुक्त घोषणा गरियो ।जिल्लाका ४९ गाविस र दुई नगरपालीकाका सबै घर धुरीका जनताले आफ्नो घरमा चर्पि निर्माण गरेको आधारमा जिल्ला खुला दिशामुक्त हुन सफल भयो । जिल्ला लाई खुला दिशा मुक्त घोषणा गरिएको भएपनि जिल्लामा अझै पनि स्वास्थ्य अवस्थामा सुधार आउन सकेको छैन् । जिल्लाका कतिपय गाविसका घरधुरिमा शौचालय नाममा मात्रै सिमित भएका छन् । कतै पानीको अभावका कारण शौचालय प्रयोग भएका छैनन् भने कतै चेतनाको कमिका कारणले शौचालयको सहि ढंग बाट प्रयोग हुन सकेको छैन् । शौचालयको प्रयोगको अवस्था, भाँडा धुने ठाउँको व्यवस्थापन, सावुन पानीको प्रयोग भएको छ या छैनन् भन्ने उदेश्यका साथ खरिगैरा गाविस र बाँसी गाविसमा सयुक्त अगुममन गरिएको छ । खरिगैरा गाविसको वडा नंं १, ३ र ५ तथा बाँसी गाविसको वडा नं. ५ का ५५ घरधुरीमा सयुक्त अनुमगन गरिएको हो । समग्र स्वास्थ्य अवस्थामा राम्रै देखिएको भएपनि सुधार गर्नुपर्ने अनुमगनका क्रममा पाइएको । केहि घरधुरीको शौचालय को ढोकामा पर्दा लगाइएको थियो भने पिन सिटमा माटोले लिपीएको थियो । घर आगँन र शौचालयको व्यवस्थापनको पक्षमा सुधार गर्नुपर्ने अनुमगन टोलीले पाएको छ । सावुन पानीले हात धुने बानीको विकास, भाँडा धुने स्थानको व्यवस्थापन लगाएतका विषयमा सुधार गर्नुपर्ने देखिएको छ । 
राजनितीक दलका प्रमुख, जिल्लाका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधीहरुले स्वास्थ्य अवस्थाको अनुगमन गर्दा यस्तो पाइएको हो ।खरिगैरा गाविस र बाँसी गाविसका स्वास्थ्य स्तिथी समग्रमा राम्रो भएपनि अझै सुधmार गर्दै लैजानु पर्ने एभरेष्ट क्लब दैलेखका कार्य समिति सदस्य कृष्ण केसीले बताए । एस एन भि नेपाल आर्थीक सहयोग र एभरेष्ट क्लब दैलेखको सहजिकरणमा सञ्चालित (सबैका लागि दिगो सरसफाई तथा स्वच्छता कार्यक्रम) को आयोजनामा अनुगमन गरिएको हो । अनुमगन टोलीमा एभरेष्ट क्लब दैलेखका कार्य समिति सदस्य कृष्ण केसी, एसएन भि नेपालका कार्यक्रम संयोजक पंकज श्रेष्ठ, महिला तथा बालबालिका कार्यालय दैलेखकी पार्वति बोगटी, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दैलेखका प्रतिनिधी, धमाका दैनिकका हिक्मत नेपाली, लगाएतको सहभागीता रहेको थियो ।









