गर्मी मौसममा हुने वनजंगल डढेलो नियन्त्रण गर्नका लागि उपभोक्ताहरु आफै डढेलो नियन्त्रणका लागि सचेत बन्नुपर्ने बारे जिल्लास्तरमा चर्चा गरिएको छ । गर्मीयामको सुरु हुने वित्तिकै बन जंगलमा डढेलो लाग्ने र त्यसले समुदायमा नै नराम्रो असर पार्ने भएकोले वनजंगल जोगाउन उपभोक्ता समितिका सदस्यहरुनै लागि पर्नुपर्ने देखिएको हो । बनजंगल डढेलो बाट जोगाउने अभियान अन्तरगत मंगलवार दैलेख सदरमुकाम दैलेख बजारमा वन डढेलो व्यवस्थापन सम्बन्धी जनचेतनामूलक ¥याली गरिएको छ ।
जिल्ला वन कार्यालय दैलेखको आयोजनामा गरिएको वन डढेलो व्यवस्थापन सम्बन्धी जनचेतनामूलक ¥यालीमा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु, दैलेख जिल्लाभरका विभिन्न सामुदायिक बन उपभोक्ता समितिका सदस्य लगाएतको सहभागीता रहेको थियो ।
विगतका बर्षहरुमा बनमा लागेको डढेलोबाट स्थानीयहरुलाई नै असर गर्न थालेपछि वनको कसरी संरक्षण गर्न सकिन्छ र बनमा डढेलो लाग्नबाट जोगाउन के के गर्न सकिन्छ भन्ने बारे छलफल र बहस गर्नको लागि कार्यक्रमको गरिएको जिल्ला वन कार्यालय दैलेखका जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठले जानकारी दिएका छन् । गर्मीयाम सुरु हुने वित्तिकै बनजंगलमा डढेलो लाग्न सुरु हुने भएकाले स्थानीय उपभोक्ताहरुलाइ सचेत बनाउन र अकस्मात आगलागी भए कसरी सुरक्षा अपनाउनेवारे जिल्लाभरका बन समितिका अध्यक्ष र पदाधिकारी हरुलाई जिल्ला वन कार्यालयले जानकारी गराएको छ ।
जंगल संरक्षणबाट हुने फाइदाहबारे समुदायस्तरमा जानकारी दिन सकेको खण्डमा डढेलो नियन्त्रण गर्न सकिने भएकाले यस्ता कार्यक्रममहरु समय समयमा गरिराख्नुपर्ने प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलालले बताए ।










