नेपाली काँग्रेसका युवा नेता एवं तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले यसपालिको स्थानीय निकाय निर्वाचनमा यूवाहरुलाई धेरै भन्दा धेरै समावेस गरेर स्थानीय निकायमा बलियो शक्ति कायम गर्न नेपाली काँग्रेस दैलेखलाई अनुरोध गरेका छन् । “युवाहरुलाई हातेमालो गर्दै अगाडी बढाउनुहोस देशको परिवर्तनका लागि सँधै अघिल्लो पंतिमा रहने यूवा पिडिले अवसर प्राप्त गरेमा सहजै समाज परिवर्तन गर्न सक्ने भएकोले स्थानीय नेतृत्वमा यूवाहरुलाई बढी सहभागि गराउनुस् शाहीले भने ”
स्थानीय निकायको चुनाव नजिकिदै गर्दा चुनावी माहोल सँगै दैलेख तरुणदलले आफ्नो शक्ति प्रर्दशन समेत गरेको छ । स्थानीय टुँडिखेलमा गरिएको सभालाई सम्बोधन गर्दै शाहीले आगामी स्थानीय निकाय निर्वाचनमा काँग्रेस पहिलो शक्तिको रुपमा उदय हुने र यूवाहरुका समस्या समाधानका लागि अगाडी बढ्ने बताएका छन् ।
गाउँ गाउँबाट जम्मा भएका तरुणहरुले सदरमुकाम दैलेख बजारमा परिक्रमा पश्चात स्थानीय टुँडिखेलमा आम सभामा परिणत भएको थियो ।
नेपाली काँग्रेस दैलेखका पार्टी सभापती लगायतले भेलालाई सम्बोधन गरेका थिए । यूवाहरुको नेतृत्व र समाज परिवर्तनका लागि पार्टीले बिशेष व्यवस्थापन गर्नुपर्ने सुझाव सँगै यूवा नेत्री बासना थापा जिल्लास्तरका यूवा नेताहरु दिपक सोनी, विनोद श्रेष्ठ,झलक भण्डारी, खेमराज वली, पदम मल्ल, खगेन्द्र सुनार लगायतले सभालाई सम्बोधन गरेका थिए ।
पछिल्ला दिनहरुमा अन्य पार्टीहरुले देखाएको खोक्रो राष्ट्रबादले देशलाई मुक्त बनाउन नसक्ने भन्दै यूवाहरुले काँग्रेस नै अहिलेको उत्तम बिकल्प भएकोले स्थानीय निकायका हरेक तहमा युवा पंतिहरुले काँग्रेसलाई समर्थन गर्नुपर्ने अनुरोध गरेका छन् ।
बृहत सभाको संयोजकका रुपमा रहेका प्रेस यूनियन दैलेखका अध्यक्ष भूपेन्द्र शाहीले यूवाहरु देशको मुहार परिवर्तन गर्ने देखि देशलाई बिभिन्न अफ्ठेरो परिस्थितीबाट उकास्न अग्रपंतिमा देखिने मात्र नभै आवश्यकताका आधारमा नेतृत्वका लागि पनि तयार देखिएकोले नेताहरुले सोच्नुपर्ने सुझाव दिएका छन् ।










