पत्रकारिता समाजको चौथो अंग हो । समाजमा लुकेका कुरिती र कु–संस्कारहरुको जरैदेखि चिरफार गरेर समाज परिवर्तनमा सुशासन, पारदर्शीता कायम गर्ने महत्वपुर्ण जिम्मेवारी पाएको पत्रकारिता जगत अहिले कता कता पार्टीकारिता तर्फ अग्रसर हुन थालेको छ ।
अन्य समयमा भन्दा पनि बिशेष गरेर निर्वाचनहरुका बेलामा लेखिने समाचारका शैलीहरुमा पत्रकारहरुले आचारसहिंतालाई ख्याल गर्नुपर्ने देखिएको छ । आफ्नो मान्छे व्यक्ति वा पार्टी भन्दा पनि समाजले उम्मेदवारसँग चाहेको कुरालाई व्याख्या र बिश्लेषण गरेर पत्रकारहरुले कमल चलाउनुपर्ने देखिएको छ ।
बिशेष अवस्थाहरुमा पत्रकारिताका माध्यामबाट समाज परिवर्तन गर्न सक्ने क्षेमता दक्षता, सकारात्मकताको दृष्टी, प्रभावकारिता र जिम्मेवारीबोधको भावनालाई प्रमुख मानेर पत्रकारहरुले समाचार संप्रेषण गर्नुपर्ने देखिन्छ । पत्रकारिता ति बस्तुहरुको उत्पादन र वितरण हो, जसमा कुनै व्यक्ती बिशेष, समाज र राष्ट्रका बिभिन्न आयामहरुको अवस्थाको जानकारी हुन्छ । कुनै पनि क्षेत्र यो बिना पूर्ण हुन सक्दैन । यसले आमजनतालाई सुचना प्रदान गर्नुका साथै खबरदारीका लागी अपिल गरिरहेको हुन्छ ।
अहिले मुलुक निर्वाचन मय भएको छ । निर्वाचनका बेला बढीजसो पत्रकारहरुले आचारसहिंताको ख्याल गरेर अगाडी बढ्नुपर्ने देखिएको छ । सूचना प्रदान गर्ने सूचनादाताहरुले समेत पुवाृग्राही भएर सूचना दिने खतरा समेत यस्तो अवस्थामा हुने भएकोले विश्वासिलो स्रोतलाई आधार मानेर मात्र पत्रकारहरुले समाचार संप्रेषण गर्नुपर्ने देखिएको छ ।
निर्वाचनका बेलामा आचारसहिंता विपरितका धेरै गतिविधिहरु हुने गर्दछन् चाहे त्यो राजनीतिक दल होस, चाहे त्यो उम्मदेवार जो कसैले पनि निर्वाचन आचार सहिंता उलंघन गरेको या नगरेको भनेर पक्का पश्लिेषण गर्ने जिम्मेवार निकाय पत्रकारिता हुने भएकोले पत्रकार स्वयं आफै कसैप्रति पक्षपाति हुनु हुँदैन् । जिम्मेवार पत्रकारिताको बिश्लेषण गर्ने अवस्था समेत निर्वाचनले देखाउने गर्दछ ।








