दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा एमाले विजयी

दैलेखका ११ वटा स्थानीय इकाई मध्ये मत परिणाम सार्वजनिक भएको पाँचौ इकाईमा नेकपा एमाले बाजी मारेको छ । चामुण्डा विन्द्रासैनी नगरपालिकामा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार सुर्य वहादुर शाही र उपाध्यक्ष पदका उम्मेदवार तारा कुमारी शाही विजयी भएका हुन । एमालेका शाहीले काग्रेसका गणेश शाही शाहीलाई २३३ मत अन्तरले पराजित गरेका हुन । एमालेका सुर्य बहादुर शाहीले २७१३ मत पाएका छन भने काग्रेस गणेश बहादुर शाहीले २४८० मत पाए । यस्तै एमालेका उपाध्यक्ष पदका उम्मेदवार तारा कुमारी शाहीले काग्रेसकी इन्द्रा शाहीलाई ८८७ मतले पछाडी पारेर विजयी भइन । एमालेकी शाहीले २९५४ मत पाइन भने कांग्रेसकी इन्द्रा शाहीले २०६७ मत पाइन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार