भण्डारीको यात्रा, पत्रकार देखि मेयर सम्म

जतिवेला जिल्लामा पत्रिका प्रकाशन गर्नु फलामको चिउरा चपाउनुसरह थियो त्यतीवेला दैलेखमा पहिलो पत्रिका प्रकाशन गर्नुपर्छ भन्दै हौसियका पत्रकार घनश्याम भण्डारीको राजनीतिक यात्रा पत्रकार देखि मेयर सम्म पुगेको छ ।
२०६३ सालमा दैलेखबाट प्रकाशन भएको धमाका साप्ताहिकका कार्यकारी सम्पादक बनेका भण्डारीको पहिलो समाचार दुल्लुको मन्दिर निर्माणमा भएको अनियमितताकै थियो । अन्याय र अत्याचारका बिरुद्धमा खरो रुपमा उत्रन सक्ने खुवी भएकै कारण एकाएक उनी धमाका पछि दोर्णाचल साप्ताहिक पत्रिकाको प्रकाशक समेत बने सदरमुकाममा बसेर पत्रिका चलाउनु निकै चुनौती हुँदापनि चुनौतिको सामना गर्ने क्षमता भएका भण्डारी २०६४ सालमा नेपाल पत्रकार महासंघ दैलेखको पहिलो निर्वाचित सचिव भएर पत्रकार महासंघमा आवद्ध भए । २०६१ सालमै प्रेस यूनियनको सभापती भैसकेका भण्डारीले स्थानीय मात्र हैन राष्ट्रिय स्तरका बिभिन्न संचार माध्यामहरुमा काम गर्दै गर्दा नेपाली काँग्रेसको क्षेत्रिय सभापति जस्तो पदमा २ पटक सम्मा जिम्मेवारी सम्हालेका छन् । जनताकै सेवा गर्ने अठोटले राजनीतिमा होमिएका उनका पिता पूर्णबहादुर भण्डारीलाई १५ बर्ष अघि तत्कालिन माओवादीले हत्या गरेका थिए । बुवाको राजनीति सपना साकार पार्ने अभियानमा अहिलेपनि सक्रिय देखिएका भण्डारी यसपालिको स्थानीय निकायको निर्वाचनमा दुल्लु नगरपालिकाको मेयर जस्तो पदमा बिजयी भएका छन् । युवा जोस सँगै सवैसँग मिलनसार स्वभावका भएकै कारण राजनीतिमा उनले छिटो फड्को मार्ने अवसर प्राप्त गरे ।
ghanshyam bhandariअहिलेपनि दुल्लु रेडियोमा कार्यरत भण्डारीले मेयरको जिम्मेवारी पाएपछि दुल्लु नगरपालिकाको बिकासको खाका कसरी प्रस्तुत गर्ने हुन् त्यो भने हेर्न बाँकी नै छ ।
दुल्लु आफैमा ऐतिहासिक केन्द्र भएकोले यसको राम्रो बिकास गर्न सके पक्कै पनि दैलेख र दुल्लु ६ नं. प्रदेशको पहिलो पर्यटकिय जिल्ला वन्न सक्ने संभावना छ । यही संभावनालाई स्पष्ट बिकासको खाकामा ढाल्न सक्ने क्षमता भएका भण्डारी र दैलेखका प्रमुख रत्न खड्काको राम्रो भूमिकाको आशा जनताले गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार