कर्णाली सडक सुरक्षामा राज्यको मौनता

कालिकोटको जीतेगडाबाट पुनः महेन्द्रनगरतर्फ आउँदै गरेको ना. ४ ख २९९८ नम्बरको बस आठवीस नगरपालिका नैनदेवल भन्ने स्थानमा दुर्घटना हुँदा सहयोगको अपेक्षा गरेका मृतक र घाईते व्यक्ति र परिवारहरुको सहज सुरक्षा नभएका कारण हताहतमा धेरैले ज्यान गुमाउनु प¥र्यो । पहिलो कुरा त सडक नै जोखिमयुक्त भन्दै धेरै खाले सुरक्षाहरु समेत कर्णाली राजमार्गमा प्रयोग गरिएको छ । साँझको समयमा आवतजावत राकिएको छ । सडक छेउमा सुरक्षाका बिभिन्न औजारहरु प्रयोग गरिएको छ ।
यती हुँदा पनि कर्णाली राजमार्गको जोखिम किन घट्न सकेन यसवारे कसैले अध्ययन र अनुसंन्धान गर्न सकेका छैनन् । कर्णाली सडक सुरक्षामा राज्यको जिम्मेवारी कमि भएको भन्ने कुरालाई यसले स्पष्ट पार्ने गरेको छ । प्रथमत सडक निकै साँगुरो छ । यातायातका साधनहरु तिब्र गतिमा कुदाउनुपर्ने बाध्याता पनि छ । यसले जोखिम निम्त्याएको छ । सडक निर्माणका लागि हरेक बर्ष करोडौं रकमहरु खर्च गरिएका छन् तर सडकको स्तरमा सुधार हुन सकेको छैन् । अत्याधिक खाल्डाखुल्डिहरु सडकमा देखिन्छन् । अहिलेसम्म खाल्डा पुर्ने र सडक राम्रो निर्माण गर्नेबारे कसैले सोचेका छैनन् ।
बुधवार भएको दुर्घटनामा १० जनाको घटना स्थलमै मृत्यु भयो, घटना घटेसँगै घाईतेहरु उद्धार हुन सकेन् जसले गर्दा हताहतमा धेरै व्यक्तिहरुले ज्यान गुमाउन बाध्य भए । अव सरकारले कर्णाली राजमार्गका संवेदनसिल क्षेत्रहरुमा अस्थायी प्रहरीको व्यवस्थापना गर्नुपर्ने देखिएको छ । संचार क्षेत्रको राम्रो व्यवस्थापन सँगै देशभरका जुनसुकै स्थानहरुमा घटना र दुर्घटनाहरुको सुरक्षा र उद्धारका लागि एउटा हेलिकप्टरको समेत व्यवस्थापन गर्नु अहिलेको आवश्कता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार