
जिल्लाभित्र रहेका बिभिन्न ११ वटा तहमा बसोवास गर्ने १ बर्ष भित्रका ६ हजार बढी बालबालिकाहरुले सबै प्रकारका खोपहरुको मात्रा पुरा गरेकोले दैलेखलाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ ।
आगामी दिनहरुमा दैलेख जिल्लाको यो अभियानलाई निरन्तरता दिने भन्दै संयुक्त हस्ताक्षर सहित दैलेख प्रदेश नं. ६ को पहिलो पुर्ण खोपयुक्त जिल्ला भएको छ । मध्यपश्चिमकै दोस्रो जिल्ला बन्न सफल भएको र नेपालको २७ औं जिल्ला भएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख सोभित कुमार थापाले जानकारी दिएका छन् । आफुहरुले राष्ट्रिय खोप कार्यक्रम अन्तरगतका नियमित कार्यक्रमहरु संचालन गरेको र जिल्ला स्वास्थ्य मातहतका बिभिन्न गाउँसम्म रहेका स्वास्थ्यकर्मीहरुले साथ दिएकोले अभियान सफल भएको बताए ।
अयिभान सम्पन्न गर्नका लागि २०७१ सालदेखि सर्वेक्षण सुरु गर्दै साविकका ६० वटै स्वास्थ्य संस्थाहरुमा अभियान सम्पन्न पश्चात पुर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको बताए ।
जिल्ला घोषणाको उद्घाटन गर्दै सांसद अमर बहादुर थापाले अव जनताको हातमा अधिकार आएकोले जनप्रतिनिधिहरुले स्वास्थ्यका अन्य बिभिन्न बिषयहरुलाई महत्वका साथ अठाउने बताएका छन् ।
स्वास्थ्य सेवा बिभागका महानिर्दैशक राजेन्द्रप्रसाद पन्थले सरकारले गरेका स्वास्थ्य सम्वन्धिका धेरै कामहरु अव स्थानिय तहको अधिकारका रुपमा आएकोले अव जनप्रतिनिधिहरुले जिल्लाको आवश्यकता हेरिकन काम अगाडी बढाउनुपर्ने सुझाव दिए । दैलेख अहिलेको ६ नं. प्रदेशको पहिलो जिल्ला बन्न सफल भएकोले अन्य बिभिन्न अभियानहरुमा समेत सक्रियता देखाउन अनुरोध गरेका छन् । कार्यक्रममा नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्का, भगवती माई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, ढुंगेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्ल, क्षत्रिय स्वास्थ्य निर्देशक रिता भण्डारी, बैतडीका स्वास्थ्य प्रमुख गुणराज अवस्थि, जिल्लाका राजनीतिक दल लगायतका व्यक्तिहरुले अभियानलाई निरन्तरता दिदै यसको प्रभावकारीतामा ख्याल गर्न अनुरोध गरेका छन् ।
दैलेख अव पोषणयुक्त जिल्ला बनाउँछौं ।
कार्यक्रममा बोल्दै नेताहरुले पोषण अभावले धेरै बालबालिकाहरु, सुत्केरी आमा र बच्चाहरु समस्यामा पर्न थालेको भन्दै दैलेखलाई पोषणयुक्त जिल्ला बनाउने तयारीमा जुट्ने बताए । जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख सोभित थापाले संस्थागत सुत्केरी अभियानलाई पुर्णता सँगै पोषणयुक्त जिल्ला घोषणा अभियानको सुरुवात गरिने बताए ।
गैर सरकारी संस्था महासंघका अध्यक्ष महारुप खत्रीले पोषण अनिवार्य कुरा भएकोले बालक, बृद्ध, महिला र पुरुष सवैलाई यसवारे जानकारी गराउँदै अभियानकै रुपमा काम अगाडी बढाउनुपर्ने सुझाव दिए ।









