
चामुण्डा–बिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सूर्य बहादुर शाहीले अबको पाँच वर्षमा हरियाली नगर बनाउने प्रतिबद्धता गरेका छन । उनले चामुण्डा–बिन्द्रासैनी नगरपालिका लाई जिल्ला मात्र नभएर देशभरीका नगरपालिका मध्ये उत्कृष्ट नगर निर्माण गर्ने बताएका छन । चामुण्डा –बिन्द्रासैनी नगरपालिकाको वडा नः ६ डुङ्ग्री बतकाचौर बृक्षारोपण संरक्षण समितिको आयोजना तथा जिल्ला भूःसंरक्षण कार्यालय दैलेखको सहयोगमा गरिएको बृक्षारोपण कार्यक्रममा उनले उक्त कुरा बताएका छन । मानिस छाडा भए समाज र गाई भैसी छाँडा भए बनको बिनास भन्ने उखानलाई जोड्दै नगर प्रमुख शाहीले यस नगरपालिका लाई हरियाली नगर बनाउनका लागी पहिलो चरणमा बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको भन्दै त्यसलाई जोगाउन सबैले आ आफ्नो क्षेत्र बाट लाग्नु पर्ने बताए । नेकपा माओबादी क्रान्तिकारीका केन्द्रिय सदस्य दिपक कुमार शाहीले चामुण्डाबिन्द्रासैनी नगरपालीका हेर्दा सुख्खा डाडाकाडा भएकोे भन्दै त्यस नगरपालिका लाई हरियाली नगर बनाउनका लागी आ आफ्ना पार्टीका नेता तथा कार्य कर्ताले प्रत्येक घरमा १० का दरले बृक्षारोपण गर्नु पर्ने बताए ।
कार्यक्रममा जिल्ला भूःसंरक्षण कार्यलय दैलेखका कार्यालय प्रमुख शिखर चपाइले आर्थिक सामाजिक र सा“स्कृतिक र राजनैतिक क्षेत्रको विकासका लागी सहभागीता महत्वपूर्ण हुने भन्दै यस क्षेत्रको विकासका लागी नगरपालिकाले समृद्ध नगर बनाउने योजना अघि सार्न आग्रह गरेका छन । मानिसलाई दैनिक १६ केजी अक्सीजनको आवश्यकता पर्ने भन्दै बिरुवा बृक्षारोपण महत्वपूर्ण भएको बताए ।
यस क्षेत्र अन्य क्षेत्र भन्दा सुख्खा रहेको भन्दै सुख्खाका कारण पानिका मुल नै सुक्ने र मानिसले पानी पनि खान नपाइने स्थिति सिर्जना भएकाले आफ्नो कार्यालयबाट बृक्षारोपण र मुल सुधारका काम कार्यालय बाट संचालन भएको बताए । विकास हुनका लागी बिचार कार्यान्वयन सहभागीता महत्वपूर्ण छ । त्यसका लागी सबैले आफ्नो क्षेत्र बाट समाज रुपान्तरणका लागी सकरात्मक सोचका साथ अगाडी बढौ । यस नगरपालिका प्रमुखले सारेको हरियाली नगरको सपनालाई साकार पर्न आफ्नो कार्यालय बाट गर्नु पर्ने सहयोगको कुनै कसर बाँकी नराख्ने बताए । खाली जमिन को सदुपयोग संगै हरियाली नगर बनाउनका लागी नेपिएर,अउलीसो बास लगायतका थुप्रै डाले घाँस र भुई घास रोप्नु पर्ने बताए ।
यो क्षेत्र हरियाली भए यहा बाट दैनिक ५० हजार लिटर दुध उत्पादन गरेर जनताको आय स्तरमा सुधार हुने उद्देश्यले यो कार्यको अभियान थालेको बताए । यो बृक्षारोपण हाल लाई देखाउन मात्र नभई यस क्षेत्रको मुहार फेर्ने र अवको विकास दिगो रुपमा गर्नका लागी यो अभियान थालेको बताए । यो क्षेत्र आप र लिच्चि, अनार जस्ता फलफुलहरुको सम्भावना भएको क्षेत्र भएकाले यस क्षेत्रका प्रत्येक वडामा पकेट क्षेत्र निर्धारण गरेर काम गर्नु पर्ने बताए । गैसस सस्था महासंघका अध्यक्ष महारुप खत्रीले समाज रुपान्तरण गर्नु छ भने पहिला घर बाटै सुधार गर्नु पर्ने भन्दै यस क्षेत्रको विकास र समाज रुपान्तरणको लागि यहि क्षेत्रका ब्यीक्तहरुले पहिला अभियान थाल्नु पर्ने बताए । उनले यस नगरपालिका लाई हरियाली नगर बनाउनका लागी जुन प्रयास भएको भन्दै त्यसको प्रशंसा समेत गरेका थिए । कार्यक्रम वडा नः ६ का अध्यक्ष बखत बहादुर बोहोराको अध्यक्षतामा सम्पन्न गरिएको छ ।









