शिरिस्थान सडकमा बायोइन्जिनियरिङ्ग  प्रबिधी अपनाइदै

 

दैलेख सदरमुकाम बाट शिरिस्थान जाने पर्यटकिय सडक लाई बायोइन्जिनिरिङ्ग   सडकका रुपमा विकास गर्न  जिल्ला समन्वय समिति र जिल्ला भूःसंरक्षण कार्यालयले पहिलो पटक प्रयास  थालेको छ । सडकको दाँया बाँया ठूला         उपकरणको प्रयोग बाट भइ रहेको भूःक्षय नियन्त्रण गर्नका लागी  बायोइन्जिनिरिङ्ग प्रबिधि अन्र्तगत बिभिन्न जातका सना प्रजातीका बिरुवा बृक्षारोपण गरिएको छ ।       नारायण नगरपालिकाको वडा न ः १ हुदै शिरिस्थान ,नाभीस्थापन , पादुका धुल्लेश्वर जाने सडक लाई जिल्लामै पहिलो पटक बायोइन्जिनिरिङ्ग   सडकका रुपमा विकास गर्न पहल थालएको छ । नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काले दैलेखको मुख्य पर्यटकीय सड्क लाई बायोइन्जिनिरिङ्ग  सड्कका रुपमा बिकास गर्न लागेको प्रति जिल्ला समन्वय समिति र जिल्ला भूःसंरक्षण कार्यालय दैलेख लाई धन्यबाद दिएका छन ।  उनले उद्देश्य र प्रयन्त गर्ने हो भने समाज रुपान्तरण हुन सक्ने भन्दै सबैले  आ आफ्नो क्षेत्र बाट सकरात्मक कामको सुरुवात गर्नु  पर्ने बताए ।  यो दैलेखको नमुना सडकका रुपमा विकास गर्नका लागी     बायोइन्जिनिरिङ्ग  प्रबिधि अपानाएको भन्दै त्यसलाई संरक्षण गर्नु सबैको दायित्व भएको बताए ।  हामीले जथाभावी रुपमा सड्क खन्ने काम गर्छौ । सडक खनेपछि अन्य गर्नु पर्ने काम गर्दैनौ अनि भूःक्षय हुन्छ  बाढी पहिरो जान्छ । भूःक्षय न्युनीकरणका लागी पनि प्रत्येक सडकमा बायोइन्जिनिरिङ्ग    गरेर अगाडी बढ्ने र नगर भित्रका सडकमा यो प्रबिधिी अपनाउने र स्थानीय समुदायले अपनत्व लिई निजी जग्गाहरुमा पनि आय आर्जनमा समेत टेवा पुग्ने उद्देश्यले यस्तो कार्यको थालीनी गरेको प्रति नगर प्रमुख खड्काले धन्यबाद दिए ।  नारायण नगरपालिका प्रथम नगर सभा बाट यो सडकको स्तर उन्नतीका लागी आवश्यक बजेट समेत बिनियोजन गर्ने बताए । स्थानीय बिकास अधिकारी       डिलराम पन्थीले यो सडक धार्मिक तथा पर्यटकिय हिसावले महत्वपुर्ण भएको भन्दै सडकको    बायोइन्जिनिरिङ्ग  सगै कृषकहरुको आम्दानीको स्रोतको बिकास गर्नका लागी पहिलो पटक यो सडकमा काम गरेको बताए । उनले यो अभियान जिल्ला समन्वय समिति र जिल्ला भूःसंरक्षण कार्यालय बाट प्रयास थालेको र आगामी दिनमा यसको दायित्व      नारायण नगरपालिका दैलेखले लिनु पर्ने बताए । यहाको जनताको आय स्तरमा बृद्धि गर्न पनि सड्कका बिभिन्नभागमा  बायोइन्जिनिरिङ्ग   प्रबिधी बाट गर्ने र त्यस बाट जनताको आय स्तरमा सुधार हुने उनले बिश्वास ब्यक्त गरे । आव आर्थिक बर्षमा जिल्लाका सबै सडकमा यो प्रबिधि अपनाउन समेत आग्रह गरे । कार्यक्रम संचालन गर्दै जिल्ला भूःसंरक्षण कार्यालयका कार्यलय प्रमुख शिखर चपाइले जिल्ला समन्वय समिति र जिल्ला भूःसंरक्षण कार्यालयले थालेको प्रयास लाई साथ दिन सहयोग गर्ने सबैमा हार्दिक धन्यबाद दिदै यो सडकलाई जिल्लाकै उत्कृष्ट सड्का रुपमा बिकास गर्ने उद्देश्यले यो काम थालनी भएको बताए । उनले सडकको सुरक्षा संगै जनताको आय स्तरमा समेत यो कार्यक्रमले टेवा पु¥याने र साच्चिकै यो सडक लाई नमुना बनाउन पहिलो पटक पहल थालीएको बताए । मानीसलाई दैनिक १६ केजी अक्सीजनको आवश्यकता पर्छ । सड्क खन्ने र भएका बोट बिरुवा नष्ट मात्र भएका छन । बिरुवा रोप्नु पर्छ भन्ने मानसीकता नभएका कारण दिन प्रति दिन बाढी पहिरो गएको भन्दै आफु र आफ्ना सन्ततीको भविष्यको लागी बिरुवा रोप्नु महत्वपुर्ण भएको बताए । नारयण नगरपालीका वडा नः १ पहलमा शिरिस्थान महिला सामुदायीक वन उपभोक्ता समितिको समन्वयमा कामको सुरुवात भएको छ ।  सडकका वरीपरि मन्दुल्ला घाँस , बाँस,अउलीसो ,लगाएतका बिरुवा बृक्षारोपण गरिएको छ । नारायण  नगरपालीका वडा नः १ का अध्यक्ष तिर्थनारायण श्रेष्ठको अध्यक्षता उक्त कार्यक्र
म सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार